• होमपेज
  • समाचार
  • नेपालगञ्जबाट दैलेख लगेका २३ गाई मृत भेटिए

नेपालगञ्जबाट दैलेख लगेका २३ गाई मृत भेटिए

१५० भन्दा बढी बाटोमै अलपत्र

  • शुक्रबार, भदौ १३, २०७६
नेपालगञ्जबाट दैलेख लगेका २३ गाई मृत भेटिए

नेपालगञ्जको कान्जीहाउसबाट ल्याइएका २९१ गाईमध्ये सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको कटकुवाको जंगलमा गाई बेवारिसे अवस्थामा फालेर नेपालगंजतर्फ जाँदै गरेका ५ वटा ट्रक सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक उदयसिंह सिजापतिले आठ ट्रकमा ल्याइएका गाईहरु आज बिहान करीब साढे तीन बजेतिर कटकुवा जङ्गलमा छाडिएको बताए।

जङ्गलमा फेला परेका मध्ये २३ गाई मृत र १५० भन्दा बढी चौपाया घाइते अवस्थामा छन् । हिजो राति साढे १२ बजे चौपाया बोकेका आठ ट्रक सुब्बाकुना प्रहरी चौकीमा इन्ट्री भएको देखिन्छ”, प्रहरी निरीक्षक सिजापतिले भने।

जसमध्ये एउटा ट्रक छिन्चु ईलाका प्रहरी कार्यालयमा राखिएको छ भने चार वटा ट्रकलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ। साथै प्रहरीले ती ट्रकका चालकलाई पनि पक्राउ गरेको छ। पक्राउ पर्नेमा ना६ख ४९४९ ट्रक चालक रौतहट चन्द्रपुर ननगरपालिका २ का ३२ वर्षीय दामोदर केसी, ना६ख ९९०५ नम्बरको सवारी चालक बाँके कोहलपुर नगरपालिका १४ का ३४ वर्षीय हिम बहादुर जिसी, ना६ख ९१७७ नम्बरका सवारी चालक चितवन राप्ती नगरपालिका ४ का २८ वर्षीय बिबेक कुवँर रहेका छन्।

यसैगरी, भे१ख १०१५ नम्बरका चालक चितवन राप्ती नगरपालिका ५ का २७ वर्षीय सागर विश्वकर्मा र ना ५ ख ६६७४ नम्बरका सवारी चालक नवलपरासी सरावल गाँउपालकिा १ का २९ वर्षीय सुकधन चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

स्थानीयले सामूहिक गौहत्या गरिएको आरोप लगाउँदै दोषीलाई कानूनी कारवाही गर्न माग गरेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि