• होमपेज
  • अन्तरवार्ता
  • बैंकर्स संघ सीइओहरुको सट्टा बैंक सञ्चालकहरुको संगठन हुनपर्ने हो

बैंकर्स संघ सीइओहरुको सट्टा बैंक सञ्चालकहरुको संगठन हुनपर्ने हो

सीइओ र सञ्चालकहरुको पदमोह देखेर मलाई रुन मन लाग्यो

  • शुक्रबार, भदौ १३, २०७६
बैंकर्स संघ सीइओहरुको सट्टा बैंक सञ्चालकहरुको संगठन हुनपर्ने हो

गर्भनर साव एकपछि अर्को गर्दै राष्ट्र बैंकको निर्णय र निर्देशन सर्वोच्च अदालतबाट बदर भएका छन् नि ?
यसमा मेरो असन्तुष्टी पक्कै छन् । तर, कुर्सी र पैसा मोह भएका सीइओ र बैंक सञ्चालकहरु देखि मलाई रुन मन लाग्यो । नियामक निकायको निर्देशन मान्ने कर्तव्य बैंकका सीइओ र सञ्चालकहरुको हो कि होइन ?

अहिले नेपाल बैंकर्स संघ र बैंक सञ्चालकहरु नै खुलेर राष्ट्र बैंकको विरोध गरिरहेका छन् नि ?
यसमा कुनै तुक छैन । बैंक जनताको पैसा भएको ठाउँ हो । व्यक्तिगत कम्पनी होइन । आफू बुढो भएपछि, काम गर्न नसक्ने भए, छोरा छोरीलाई जिम्मेवारी दिनु पर्दछ । तर, हाम्रो देशमा आजीवन आमजनताको निक्षेप र लगानी रहेको बैंकमा आफै बस्ने यो कस्तो अचम्म हो ।

राष्ट्र बैंक अब आफ्नो निर्देशनहरुबाट ब्याक हुने हो र ?

होइन, अझै कडा निर्देशन हामी ल्याउदैछौं । राष्ट्र बैंकलाई चुनौती दिने, मुद्दामामिला गर्ने, अनि आफुलाई फाइदा हुने कुरा मात्रै गर्ने, के हो नियमक निकाय बुझ्न प¥यो नि ।

नेपाल बैंकर्स संघ, सीइओहरुको संगठन हो । उनीहरुले नै मुद्दा मामिला र राष्ट्र बैंक बिरुद्ध प्रेस विज्ञप्ती जारी गरेको अवस्था पनि छ नि ?
नेपाल बैंकस संघ कर्मचारीहरुको सट्टा बैंक सञ्चालकहरुको संगठन हुनपर्ने हो । तर, कर्मचारी तलब खाने सीइओहरु सदस्य बैंकर्स संघमा छन् । उनीहरुले आफ्नो स्वार्थ रक्षका लागि सकिृय बनाई राखेको अवस्था देखिन्छ । अब सीइओ होइन नेपाल बैंकर्स संघमा सञ्चालक बस्नु पर्दछ । कर्मचारीले संगठन चलाउने होइन । बैंक चलाउने हो । अनि यो गर त्यो गर भनी पत्रिका र पर्चावाजी गर्ने । तर्साउन खोज्ने यो अन्त्य हुनु जरुरी छ ।

सीइओ र सञ्चालहरु कुर्सी जोगाउन शक्ति केन्द्र पुगेको प्रष्टै देखिन्छ नि ?
यो सत्य हो । बैंक सञ्चालक र सीइओ राजनीतिक नेतृत्व र शक्ति केन्द्रको आडमा आफ्नो पद र कुर्सी जोगाउन खोजेको देखिन्छ । ठूला शक्ति केन्द्र धाएर १०० वर्ष पदमा रहने परिपाटी देखिएको सत्य हो । यति मात्र होइन आफ्नो निरीहता र बैंकरको पहुँचबारे । गर्न पनि के के सक्या हो । यो देखेर म अच्चम परेको छु । बैंक सञ्चालक तथा सीइओले नियमक निकायको निर्देशन मान्ने हो । ठूला ठूला कुरा गर्ने होइन भूपेन्द्रजी ।

नियमक निकायले दिएको निर्देशन विपरित सीइओ तथा सञ्चालकहरुले मुद्दामा मामिला गर्नु राम्रो पक्ष हो र ?
यो बैंकर र सञ्चालकहरुको कुरा भयो । अधिकार खोज्ने कुरा भयो होला । तर, ९० वर्षको बुढोले बैंक चलाउन सक्दैन । यो चाँही सत्य हो । ७० वर्षका मान्छे सीइओ बन्ने अनि त्यस्तो व्यक्तिले बैंक हाँक्दा परिमाण के आउने हो । त्यो विचार गर्नु प¥यो नि ।

राष्ट्र बैंकका निर्देशन कानुनमा नटेकी आएका हुन त ?
होइन । लामो समयको अध्ययन र अनुसन्धान पछि मात्रै यो निर्देशन जारी गरेको हो । त्यसकारण एक न एक दिन यी सबै लागु भएरै छोड्ने छन् । त्यसकारण अब सीइओ र सञ्चालकले शक्ति केन्द्र चाहार्न छोडे हुन्छ । ७० वर्षका बैंकर र ९० वर्षका सञ्चालकहरुकै कारण अहिले बैंकहरुमा समस्या आएको हो । केही पैसा हाल्ने अनि बैंकको सञ्चालक बन्ने त्यसपछि बैंकको सबै डिपोजिटकर्ताको पैसा मेरो हो भने जसरी चलाउन खोज्ने गरेकै कारण बैंकमा समस्या आएका छन् ।

अन्त्यमा राष्ट्र बैंक अब के गर्दछ ?
बैंक र वित्तिय संस्थाको नियमक निकाय के गर्दछ के गर्दैन । त्यो भविष्यमै थाहा होला । तर, जनताको सम्पत्ति रक्षा गर्ने दायित्व हाम्रो हो । छाडा छोड्ने कुरामा हामी सहमत छौनौ ।

Facebook Comments

सम्बन्धित समाचार