• होमपेज
  • समाचार
  • जनकले अर्थमन्त्री गुहारेपछि सनराइज बैंकमा भाडभौलो

जनकले अर्थमन्त्री गुहारेपछि सनराइज बैंकमा भाडभौलो

  • शुक्रबार, असार २७, २०७६
जनकले अर्थमन्त्री गुहारेपछि सनराइज बैंकमा भाडभौलो

भूपेन्द आचार्य । हेर्दा पनि घिन लाग्ने देख्दा त घृणा नै लागेर आउने । यस्तो एउटा बैंकरले अर्को बैंकर माथी गर्दछ ? भन्दा पत्याउनै गाह्रो होला तर त्यस्तो रोचक घटना घटेको छ । सनराईज बैंक लिमिटेड भित्र । सनराईज बैंकका सीइओ रत्नराज्य बज्रचार्यले आफ्नो ४ वर्षको कार्यकाल पुरा गरिहिँडेपछि सीइओ खोजी गर्ने क्रममा सनराईज बैंक सञ्चालक समितिले निरज श्रेष्ठ, जनक शर्मा पौडेल र लक्ष्मण रिसाललाई कुराकानी गरेको थियो ।

सनराईज बैंकको ७ जनाको सञ्चालक समितिले सीइओ पदमा निरज श्रेष्ठलाई नियुक्ति ग¥यो । लक्ष्मण रिसाल आफ्नै बाटो लागे तर ग्लोबल आईएमई बैंक चलाउन नसकि ११ महिनामै राजिनामा दिएका सीइओ जनक शर्मा पौडेल चुप लागेनन् । पौडेलले बैंकले नियुक्त गरिएका सीइओ निरज श्रेष्ठलाई बैंक नजाने वातावरण बनाउन लागे । पौडेलले विवादास्पद सञ्चालक शैलेन्द्र गुरागाईलाई उचालेर भाडभैलो मच्चाए र आफू सीइओ बन्न अर्थमन्त्री डा. युवराज खतिवडा र राष्ट्र बैंकका डिपुटी गर्भनर चिन्तामणी शिवाकोटी मार्फत अध्यक्ष मोतीलाल दुगडलाई फोन गराए । केही नलागेपछि सैलेन्द्र गुरागाईलाई माइनेटमा हस्ताक्षर गर्नबाट रोके यो कस्तो बैंकिङ्ग प्रणाली हो गर्भनर साब ?

सनराईज बैंकमा आफू सीइओ बन्न जनक शर्मा पौडेलले अझै पनि अर्थमन्त्री मार्फत राष्ट्र बैंकका उच्च कर्मचारीलाई दवाव दिँदै आएको सनराईज बैंकका एक सञ्चालकले बताए । ग्लोबल आईएमई बैंकमा १५ लाख तलब मागेपछि चन्द्र ढकालले राजिनामा मागेर हटाएका असक्षम बैंकर पौडेलले फेरी आफ्नो नालायकीपन देखाउँदै आफ्नै साथीको जागिर खाईदिएको ती सञ्चालकले दाबी गरे ।

सनराईज बैंकमा जनक शर्मा पौडेल सीइओ बन्न जे पनि गर्न तयार रहेपनि उनीको सीइओ बन्ने चाहना अब पुरा नहुने एक सञ्चालकले बताए । नेपाल राष्ट्र बैंक बैंकका गर्भनर डा. चिरनजीवी नेपाल समक्ष पुगी सनराईज बैंकका डिपुटी सीइओ आशा अधिकारी (राणा)ले कुरा गरिदिन आग्रह समेत गरेको र गर्भनरले अध्यक्ष दुगडलाई जनक भन्दा आशा नै ठिक हुने विचार गर्न भनेको राष्ट्र बैंक स्रोतको दाबी छ ।

नेपालको बैंकिङ्ग इतिहासमै सीइओ पद पाउन जे पनि गर्न तयार हुनेहरुले भोलि बैंकको सीइओ पाए बैंकिङ्ग नम्स कस्तो हुने हो यो सहजै विचार गर्न सकिन्छ । राजतिलक साप्ताहिकबाट

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि