• होमपेज
  • समाचार
  • ढकालले जनता नै किन रोजे ?

ढकालले जनता नै किन रोजे ?

  • शुक्रबार, असार २७, २०७६
ढकालले जनता नै किन रोजे ?

नेपालका ८ अर्ब चुक्ता पूँजी भएको ग्लोबल आईएमई बैंक र जनता बैंक नेपाल बीच एक आपसमा गाभिने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । दर्जनौ नयाँ बैंकसंग कुरा भएपनि ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले किन रोजे जनता बैंक नेपाल लिमिटेड यसको भित्री रहस्य फरक भेटिएको छ ।

विचार मिल्ने
नेपालको सबै क्षेत्रमा राजनीतिले छोएको छ । बैंकहरुमा पनि अहिले बिचार मिल्नेहरु बीच नै मर्जर हुने संकेत देखिन्छ । अध्यक्ष ढकाल नेकपासंग नजिकका व्यापारी हुन । जनता बैंकमा त अर्थमन्त्री डा.युवराज खतिवडाकै लगानी छ । यी दुबै बैंकका सबै जस्तो सञ्चालक नेकपासंग आवद्ध भएका कारण बिचारले काम गरेको विज्ञहरुको ठम्याई छ ।

सिइओ दिने अध्यक्ष लिने
चन्द्रप्रसाद ढकाललाई ठूलो बैंकको अध्यक्ष बन्ने चाहाना थियो । यो अब पूरा भएको छ । उनीले विगत ६ महिना देखि सीइओ नियुक्ति नगरी मर्जर पछि जनता बैंकका सीइओ पर्शुराम कुँवर क्षेत्रीलाई ग्लोबल आईएमई बैंकको सीइओ बनाउने र आफू अध्यक्ष बन्ने भएका छन् । कुँवर सिनियर भित्रका पनि सिनियर सीइओहरुमा पर्दछन् ।

सञ्चालक हटाउन सजिलो
ग्लोबल आईएमई बैंकमा २ जना अध्यक्ष ढकालको तर्फबाट सञ्चालक छन् । उनीहरुलाई हटाएर जनता बैंकबाट २ जना राख्ने भएका छन् । यसले पनि मर्जरमा मद्दत पुगेको देखिन्छ ।

कर्मचारी मिलानमा समस्या
जनता बैंक र ग्लोबल आईएमई बैंकका गरि ३१०० कर्मचारी छन् । पद मिलान र व्यवस्थापनमा समस्या देखिने प्रस्टै छ । यसलाई उच्च सतर्क साथ मिलाउन सीइओ कुँवर र अध्यक्ष ढकाल माथी चुनौती पक्कै छन् ।

बरिष्ठ डेपुटी सिइओमा महेश ढकाल हुनेछन् । सम्पति तथा दायित्व मूल्यांकनपछि शेयर आदान प्रदान अनुपात कायम गरिने भएपनि प्रारम्भिक मूल्यांकनमा जनतालाई एक शेयर बराबर ८५ रुपैयाँ हाराहारी दिने सहमति भएको देखिन्छ ।
ठूलो बैंकको अवधारणा अनुसार ग्लोबल आइएमइ राम्रो साझेदार भेट्टाएकाले मर्जरमा जाने सहमति भएको ग्लोबल आईएमईका अध्यक्ष ढकालले बताए । राजतिलक साप्ताहिक

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा