• होमपेज
  • समाचार
  • प्राइम लाइफको नाफा १६ करोडमाथि

प्राइम लाइफको नाफा १६ करोडमाथि

  • मङ्लबार, जेष्ठ ७, २०७६
प्राइम लाइफको नाफा १६ करोडमाथि

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (Prime Life Insurance Co. ltd.) ले तेस्रो त्रैमासमा खुद मुनाफा १६ करोड ३६ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा १४ दशमलव ३३ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहिअवधिमा नाफा १४ करोड ३१ लाख रुपैेयाँ कमाएको थियो ।

१ अर्ब ७८ करोड ४८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब ११ करोड ९ लाख रुपैयाँ, जीवन बीमा कोषमा ८ अर्ब १४ करोड र महाबिपत्ती कोषमा १० करोड ८६ लाख रुपैयाँ सञ्चित छुटाएको छ ।

प्राइम लाइफले आम्दानी २६ करोड ४६ लाख रुपैयाँ आर्जन गरेको छ भने खर्च १० करोड ९ लाख रुपैयाँ गरेको छ ।
कम्पनीको खुद बीमा शुल्क आर्जन १ अर्ब ८७ करोड ३ लाख रुपैयाँ गरेको छ भने खुद दाबी भुक्तानी २७ करोड ३१ लाख रुपैयाँ गरेको छ ।

बीमाले हाल सम्म १४ अर्ब १३ करोड कूल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले १ हजार ६५१ दाबी बापत कूल ३४ करोड ८६ लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ भने ४० दाबी बापत १ करोड ४८ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ । कम्पनीले हालसम्म १६ लाख ७३ हजार भन्दा बढी बीमालेख जारी गरेको छ ।

प्राइम लाइफको प्रतिशेयर आम्दानी १२ दशमलव २३ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १६८ दशमलव ३३ पैसा र मूल्य आम्दानी अनुपात ३७ दशमलव ६२ गुणा छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा