• होमपेज
  • अर्थ/वाणिज्य
  • एनबीआईले ज्योति विकास बैंकका कर्मचारीहरुको अनलाइन परीक्षा लिने

एनबीआईले ज्योति विकास बैंकका कर्मचारीहरुको अनलाइन परीक्षा लिने

  • सोमवार, जेष्ठ ६, २०७६
एनबीआईले ज्योति विकास बैंकका कर्मचारीहरुको अनलाइन परीक्षा लिने

नेशनल बैंकिग ईन्स्टिच्यूट र ज्योति विकास बैंक बीच अनलाईन परिक्षा सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता अनुसार एनबिआईले त्रैमासिक रुपमा ज्योति विकास बैंकका ६०० कर्मचारीहरुको लागी अनलाईन परिक्षा लिने भएको छ । यस सम्झौताले बैंकका कर्मचारीहरुमा अध्ययन गर्ने संस्कृती बसाल्नका साथै उनीहरुबिच बैंकिग ज्ञान बढाउने कुराको स्वस्थ प्रतिष्पर्धाको विकास हुने अपेक्षा गरिएको छ ।

यस सम्झौता पत्रमा ज्योति विकास बैंकका तर्फबाट सहायक महाप्रबन्धक, रामहरी आचार्य र नेशनल बैंकिग ईन्टिच्यूटका तर्फबाट वरिष्ठ शैक्षिक प्रबन्धक, हरेन्द्र जंग थापा ले हस्ताक्षर गरेका थिए ।

Facebook Comments

सम्बन्धित समाचार