• होमपेज
  • बीमा
  • ज्योति लाईफ र सुमेरु अस्पताल बीच सम्झौता

ज्योति लाईफ र सुमेरु अस्पताल बीच सम्झौता

  • शुक्रबार, बैशाख १३, २०७६
ज्योति लाईफ र सुमेरु अस्पताल बीच सम्झौता

ज्योति लाइफ इन्स्योरेन्सले आफ्नो ग्राहकहरुलाइ बीमा सेवाका अतिरिक्त अन्य सेवासुविधा विस्तार गर्ने क्रममा सुमेरु अस्पताल धापाखेल ललितपुरसंग स्वास्थ्य सेवामा साझेदारी गर्ने सम्बन्धमा सम्झौता सम्पन्न गरेको छ ।

उक्त सम्झौतामा ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पुरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने र उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यहरुले सुमेरु अस्पतालबाट उपलब्ध हुने उच्च स्तरिय स्वास्थ्य उपचार सेवामा विशेष छुट प्राप्त गर्नेछन् ।

यस सम्झौताले कम्पनीसंग आबद्ध सम्पूर्ण महानुभावहरु लाभान्वित हुने कुरामा कम्पनी विश्वस्त रहेको छ । सम्झौता पत्रमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमूख प्रकाश बिक्रम खत्री र अस्पतालका प्रबन्ध निर्देशक हेमराज दाहालले हस्ताक्षर गरेको थियो । भने उक्त कार्यक्रममा अस्पताल र कम्पनीका अन्य पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार