• होमपेज
  • समाचार
  • प्रभु बैंकको थप २ वटा शाखा कार्यालय सञ्चालनमा

प्रभु बैंकको थप २ वटा शाखा कार्यालय सञ्चालनमा

  • सोमवार, चैत्र ११, २०७५
प्रभु बैंकको थप २ वटा शाखा कार्यालय सञ्चालनमा

भु बैंक लिमिटेड (PRVU) ले चैत्र १० गतेदेखि संखुवासभा जिल्लाको खाँदवारी नगरपालिका वडा नं. १ स्थित खाँदवारी शाखा र उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं. ११ स्थित गाईघाट शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।

आफ्नाे शाखा सञ्जाल विस्तार गरी सेवाग्राहीहरुलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ उक्त शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।

सञ्चालनमा आएका बैंकका गाईघाट शाखा र खाँदवारी शाखाबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, विभिन्न किसिमका व्यवसायिक एवं व्यापारिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र दुवै नगरपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार