• होमपेज
  • बैंकिङ्ग
  • सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृतमा पोखरेल नियुक्त

सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृतमा पोखरेल नियुक्त

  • साेमबार, चैत्र ११, २०७५
सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृतमा पोखरेल नियुक्त

सिटिजन्स बैंक इन्टरनेसनल प्रमुख कार्यकारी अधिकृतमा लिमिटेडको गणेशराज पोखरेल नियुक्त हुनुभएको छ । सोमबार बसेको २९५ औं सञ्चालक समितिको बैठकले हाल कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यसम्पादन गर्दै आएका पोखरेललाई २०७५ साल चैत्र १८ गते बाट लागु हुने गरि आगामी ४ वर्षको कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

तत्कालिन प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीको समयावधि समाप्त भएपश्चात नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पोखरेलले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व सम्हाल्दै आएका थिए । पोखरेलले स्थापनाकाल देखिनै बैंकसंग आबद्ध भई विभिन्न ओहदामा रहि नेतृत्वदायी भुमिका निर्वाह गर्दै आएका थिए । साथै २०६५ साल देखिनैे दोस्रो वरियतामा रही बैंकमा कार्यसम्पादन गर्दै आएका छ ।

बैंकिङ क्षेत्रमा एक अनुभवी बैंकरका रूपमा परिचित पोखरेलले त्रिभुवन विश्व विद्यालयबाट मार्केटिङमा स्नातकोत्तर, कानुनमा स्नातक तथा काठमाडौँ विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका हुन ।

Facebook Comments

सम्बन्धित समाचार