• होमपेज
  • बीमा
  • गण्डकी विकास बैंकबाट एशियन लाईफको बीमा सेवा पाईने

गण्डकी विकास बैंकबाट एशियन लाईफको बीमा सेवा पाईने

  • बिहिबार, फाल्गुन ३०, २०७५
गण्डकी विकास बैंकबाट एशियन लाईफको बीमा सेवा पाईने

गण्डकी विकास बैंक र एशियन लाईफ इन्स्योरेन्सबीच ‘जीवन बीमा सेवा’ सम्बन्धी सम्झौता भउको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापा र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता पछि गण्डकी विकास बैंकको ७७ वटा शाखाहरुबाट एशियन लाईफले प्रचलनमा ल्याएको सावधिक र म्यादी जीवन बीमा योजना गरी २० वटा जीवन बीमा योजनाहरु खरिद गर्न सकिने जनाइएको छ ।

Facebook Comments

सम्बन्धित समाचार