• होमपेज
  • अर्थ/वाणिज्य
  • जनता बैंकको धनगढीमा नयाँ एटिएम उद्घाटन

जनता बैंकको धनगढीमा नयाँ एटिएम उद्घाटन

  • सोमवार, फाल्गुन २७, २०७५
जनता बैंकको धनगढीमा नयाँ एटिएम उद्घाटन

जनता बैंक नेपाल लिमिटेडको धनगढी उपमहानगरपालिका वडा नं. ५, असनपुर डिमोटी चोक स्थित निसर्ग अस्पताल परिसरबाट एटिएम सेवा सुरु भएको छ ।

यो बैंकको ९४ औं एटिएम हो । आज एक समारोहका बिच धनगढी उप–महानगरपालिकाको उपमेयर सुशिला मिश्र भट्ट र बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले संयुक्त रुपमा एटिएम सेवाको सुमुद्घाटन गरेका हुन् । यस क्षेत्रका ग्राहकहरुलाई नगद कारोवारमा यस एटिएम सेवाले सहजता प्रदान गर्नेछ भन्ने विश्वास लिइएको छ ।

यो सगै बंैकको पूर्व मेची देखी पश्चिम महाकाली सम्म ७ वटा प्रदेशको तराई, पहाडी र हिमाली जिल्ला समेत समेटीने गरी १२८ शाखा, ५० शाखा रहित बैकिङ्ग केन्द्र, ९४एटीएम, १ सिमित्त बैंकिङ इकाई र ३ एक्स्टेनसन काउन्टर सञ्चालनमा रहेका छन् । बैंकको आगामी दिनमा आफ्नो शाखा संजाल बिस्तार गर्दै देश भरी अझ सशक्त उपस्थिति जनाउने योजना रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार