• होमपेज
  • मनोरञ्जन
  • गायिका सरु गौतम र ध्रुब बिस्कोको “मेरो प्रेम प्रस्ताब”

गायिका सरु गौतम र ध्रुब बिस्कोको “मेरो प्रेम प्रस्ताब”

  • सोमवार, फाल्गुन २७, २०७५
गायिका सरु गौतम र ध्रुब बिस्कोको  “मेरो प्रेम प्रस्ताब”

सांगीतिक क्षेत्रमा चर्चाको शिखरमा टेक्न सफल तथा भर्सटाइल गायिका सरु गौतम र गायक ध्रुब बिस्कोको नया गित मेरो प्रेम प्रस्ताबको म्युजिक भिडियो  सार्बजनिक भएको छ । दर्जनौ चर्चित गीतहरु सांगीतिक बजारमा आफ्नो छुट्टै स्थान र परिचय बनाउन सफल गायिका सरु गौतम “मेरो प्रेम प्रस्ताब” को म्युजिक भिडियो लिएर आएकी हुन् ।

कुमार कटुवालको शब्द तथा दीपक शर्माको सङ्गीत रहेको यस गीतको भिडियोमा नायिका शिल्पा पोखरेल र मोडल दिक्पाल कार्कीको अभिनय रहेको छ ।

देबेन्द्र पाण्डेले निर्देशन गरेको गीतको भिडियोलाई उत्सब दाहालले छायांकन र साहिल खानले सम्पादन गरेका छन् । भिडियोलाई गीतकार कुमार कटुवालले निर्माण गरेका हुन् ।

भिडियो हेर्नुहोस :

Facebook Comments

सम्बन्धित समाचार