माछापुच्छ्रे बैंक लिमिटेडले ठाकुरद्वारा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
बैंकले बर्दियाको ठाकुरबाबा नगरपालिका स्थित ठाकुरद्वारा शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ ।
शाखाको उद्घाटन बैंकका अध्यक्ष तथा पूर्व सभासद डा. बिरेन्द« प्रसाद महतोले गरेका थिए । नयाँ शाखा मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ ।
बैंकलेउक्त शाखामा २४ सै घण्टा चल्ने एटीएमको पनि व्यवस्था गरीएको जनाएको छ । उक्त एटीएमको उद्घाटन ठाकुरबाबा नगरपालिकाका उपमेयर कृष्ण कुश्मा थारुले गरेका थिए ।
बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना ९४ वटा शाखाहरु र ६३ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १५७ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ। साथै, बंैकको देशभर ११६ वटा एटीएमहरु संचालनमा रहेको छ ।