• होमपेज
  • फिचर
  • एनआई सीएशिया बैंकको स्मार्ट टेलर सञ्चालनमा

एनआई सीएशिया बैंकको स्मार्ट टेलर सञ्चालनमा

  • बुधबार, फाल्गुन १५, २०७५
एनआई सीएशिया बैंकको स्मार्ट टेलर सञ्चालनमा

एनआई सी एशिया बैंकले पछिल्लो समय विभिन्न ग्राहकमुखी योजना, ग्राहकमैत्री व्यवस्थापन, वस्तु तथा सेवाको उन्न्तगुणस्तर, उपभोक्ता सन्तुष्टि, सुशासन लगायतका अवयवहरुमा केन्द्रितहुदै निजी क्षेत्रबाट सञ्चालित बैंकहरू मध्ये देशको सबैभन्दा ठूलो बैंक बन्न सफलभएको छ ।

यसै सिलसिलामा एनआई सी एशिया बैंकले आफ्नो ग्राहक महानुभावहरुको सुविधालाई मध्यनजर गर्दै डिजिटल वैंकिङ्ग प्रबिधिमा आएको विकासलाई नयाँ उचाइ दिन हाम्रा आदरणीय ग्राहक महानुभावहरुको सुविधालाई अझ परिस्कृत गर्ने अभिप्रायले बंंैकले आफ्नो सम्पुर्ण शाखा कार्यालयहरुमा रहेका Teller लाई आधुनिकिकरणगरि Smart Tellerसंञ्चालनमा ल्याएको छ ।

यस “Smart Teller” मार्फत बैंकका ग्राहकमहानुभावहरूले चेक विना नै आफ्नो ःMobile Bankingतथा Debit Card प्रयोग गरि काउन्टरबाट रकम झिक्न सक्नेछन् । यस कार्यले डिजिटल बैंकिङ्गको विकासमा बैंकले थपउचाई प्राप्त गर्ने बिश्वास बैंकले लिएको छ ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७७ शाखा कार्यालयहरु, २९० एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू. २१५ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १७१ अर्ब पुगिनिजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू. १४९ अर्ब सहितनिजी क्षेत्रका बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्याकरिब १४ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । समस्त ग्राहक महानुभावहरूलाई उच्चस्तरीय सेवा दिँदै आइरहेको यस एनआई सी एशिया बैंक लिमिटेडले ग्राहक महानुभावहरूको सुझावलाई उच्च सम्मानगर्दै बैंकलाई प्राप्त सुझावहरुलाई मध्यनजरगर्दै अगामी दिनहरुमा यस्तै खालका विभिन्न विद्युतिय सेवाहरु ल्याउने योजना राखेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि