• होमपेज
  • प्रविधि
  • एनसेलले ल्यायो ‘गज्जबको डेटा प्याक’

एनसेलले ल्यायो ‘गज्जबको डेटा प्याक’

  • बुधबार, माघ २३, २०७५
एनसेलले ल्यायो ‘गज्जबको डेटा प्याक’

एनसेलका ग्राहकहरुले अब सुलभ दरका नयाँ अल टाइम प्याकहरु मार्फत इन्टरनेट सेवाको फाइदा लिन सक्नेछन् । एनसेल प्राईभेट लिमिटेडले ‘गज्जबको डेटा प्याक’ नामक आकर्षक नयाँ डेटा प्याक ल्याएको छ, जस अन्तर्गत ग्राहकले आफ्नो आवश्यकता अनुसार ७५ एमबी देखि ३ जिबी सम्मको विभिन्न प्याकहरु सुचारु गर्न सक्नेछन् ।

गज्जबको डेटा प्याक सोमबार (माघ २१) बाट लागु हुनेछ । यस प्याक अन्तर्गत ग्राहकले एक दिनको समयसिमा रहेको ७५ एमबी डेटा प्याक मात्र रु १५ (रु १९.१५ कर सहित) मा सुचारु गर्न सक्नेछन् । तीन दिनको समयसिमा रहेको २०० एमबी डेटा प्याक रु ३५ (रु ४४.६९ कर सहित) मा सुचारु गर्न सक्नेछन् ।

त्यसैगरी ग्राहकले ५०० एमबी डेटा प्याक रु ७५ (रु ९५.७७ कर सहित) मा खरिद गर्न सक्नेछन् । यो प्याकको समयसिमा सात दिनको हुनेछ । धेरै डेटा भोलुम प्रयोग गर्ने ग्राहकले एक महिनाको समयसिमा रहेको तीन जिबी डेटा प्याक मात्र रु ३५५ (रु ४५३.३०) मा लिन सक्नेछन् ।

ग्राहकले एस्ट्रिक्स्१७१२३ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार गज्जबको प्याकहरु सुचारु गर्न सक्नेछन् । त्यसैगरी एनसेल एपबाट पनि यी डेटा प्याकहरु सजिलै खरिद गर्न सकिनेछ् ।

गज्जबको डेटा प्याक अन्तर्गत ल्याइएको नयाँ अल टाइम डेटा भोलुमहरुले सुलभ दरमा ग्राहकका लागि डेटा कनेक्टिभिटी सुनिश्चत गर्ने विश्वास एनसेलले लिएको छ । यो अफर सुचारु भएको दिन देखि ९० दिनका लागि मान्य रहनेछ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि