• होमपेज
  • समाचार
  • शिखरको सेल मेला फेरि ७ दिन थपियो

शिखरको सेल मेला फेरि ७ दिन थपियो

  • सोमवार, माघ १४, २०७५
शिखरको सेल मेला फेरि ७ दिन थपियो

शिखर सुजले राजधानीको भृकुटीमण्डपमा गरिरहेका जुत्ताको विन्टर सेल मेला एक साताका लागि थपिएको छ । ग्राहकलाई निकै सस्तोमा स्वदेशी ब्राण्ड शिखरको जुत्ताचप्पल उपलब्ध गराउन आयोजित सेल मेला ग्राहकको अत्यधिक भिड बढेकाले एक सातालाई थप गरिएको कम्पनीका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाइले जानकारी दिए । शिखरले मेलाको अबधि दोस्रो पटक थपेको हो ।

यसअघि यही माघ ९ गते सकिने मेला ग्राहको अनुरोधमा ४ दिनका लागि थपिएको थियो । थपिएको मेला यही माघ १३ गते सकिँदै थियो । ‘हामीले ग्राहकको अत्यधिक भिड देखेर मेला अबधि ७ दिनलाई थपेका छौं, प्रसाइले भने, ‘स्वदेशी जुत्ताचप्पल सस्तोमा किन्ने अबसरबाट कोही ग्राहक पनि बन्चित बन्नु नपरोस् भनेर अबधि बढाएका हौ । शिखरले मेलामा १७५ रुपैयाँमै जुत्ता उपलब्ध गराइरहेको छ ।

यस्तै २५० रुपैयाँमा जाडोको जुत्ता, ५ सय रुपैयाँमा विद्यार्थीको युनिफर्म जुत्ता, १ हजार रुपैयाँमा स्पोर्टस सुज, ५ सय रुपैयाँमा छालाका एक जोडी चप्पल उपलब्ध गराइरहेको जनाएको छ । मेलामा यसअघि ५ सय रुपैयाँमा एक जोर उपलब्ध गराउँदै आएको महिलाको कपडाको जुत्ता अब त्यही मूल्यमा दुई जोर उपलब्ध गराउने शिखरका प्रबन्ध निर्देशक प्रसाईले बताए । सस्तोमा पाउने भएपछि यतिखेर जुत्ताचप्पल किन्नेहरुको शिखरको विन्टर मेलामा भिड लागेको छ ।

मेलामा पुगेकाहरुले सस्तोमा भारी छुटमा पाएपछि झोलाभरि जुत्ताचप्पल किनेर निस्कँदै गरेका देखिन्छन । अधिकांश मेलामा पुरुषका लागि मात्र जुत्ताचप्पल हुने गरेकामा यस पटक शिखरले महिलालाई लक्षित गरेर विभिन्न मोडलका जुत्ताचप्पल मेलामा राखेको छ । शिखरको एकल सेल मेलालाई ग्राहकले मौकाको रुपमा लिएका छन । यस मेलामा सोलको मूल्यमा जुत्ता चप्पल उपलब्ध गराइरहेको शिखर सुजकी संचालिका संगिता कडरिया प्रसाईंले बताइन ।

सस्तो मूल्यमा अरु बेला जुत्ताचप्पल पाइँदैन’ उनले भनिन । मेलामा असामान्य मूल्यमा जुत्ता बिक्री भइरहेको उनको दावी छ । शिखरले विवाहको सिजनलाई लक्षित गरेर ५० भन्दा बढी प्रकारका पार्टी सुज समेत यही मेलामै सार्बजनिक गरेको प्रसाईंले जानकारी दिइन ।

नयाँ जुत्तामा समेत शिखरले १५ प्रतिशतभन्दा बढी छुट दिइरहेको छ । शिखरको मेलामा पार्टी सुज, स्पोर्टस सुज, युनिफर्म सुज, क्याजुअल सुज, स्कुल कलेजलगायत सबै प्रकारका जुत्ता उपलब्ध छन । यहाँ ३ हजारभन्दा बढी मोडलका जुत्ताचप्पल रहेको प्रसाईले बताइन ।,

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि