• होमपेज
  • समाचार
  • मुक्तिनाथ विकास बैंकद्धारा डस्टबीन वितरण

मुक्तिनाथ विकास बैंकद्धारा डस्टबीन वितरण

  • बिहिबार, पुस १९, २०७५
मुक्तिनाथ विकास बैंकद्धारा डस्टबीन वितरण

मुक्तिनाथ विकास बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आफ्नो तेह्रौं वार्षिकउत्सवको अवसरमा विभिन्न कार्यक्रम गरी मनाएको छ ।

जसमध्ये, सिराहा को गोलबजार र कास्कीको बुढीबजारशाखाले शाखा वरिपरीका टोल तथा बजारमा १०/१० वटा डस्टबीन वितरण, रुपन्देहीको भैरहवा र कोटिहवाशाखा तथा स्याङ्गजाको चापाकोट र गल्याङ्ग शाखाहरुले नजिकका वृद्धाश्रम तथा अनाथालयमा ब्ल्याङ्गकेट वितरण, काठमाण्डौंको कुलेश्वर शाखाले रवि भवनको आमा घरमा खाद्यान्न वितरण गरेको छ ।

उदयपुरको कटारी शाखाले त्रिवेणी माध्यामिक विद्यालयलाई स्वीटर वितरण, पर्साको वीरगञ्ज शाखाले समता विद्यालयका विद्यार्थीहरुलाई जुत्तामोजा वितरण, झापाको विर्तामोड शाखाले अरुणोदय आधारभुत विद्यालयका विद्यार्थीहरुलाई आवश्यक स्टेस्नरी सामान वितरण, सिन्धुलीको कमलामाई शाखाले श्री नवज्योति बहिरा माध्यामिक विद्यालयलाई आवश्यक स्टेस्नरी सामान तथा पानी फिल्टर वितरण, तनँहुको दुलेगौंडा शाखाले वि पि कम्युनिटि हस्पिटललाई १ थान पानी शुद्धिकरण मेसिन वितरण तथा क्षेत्रीय कार्यालय पोखरा अन्तर्गतका शाखा कार्यालयहरुले वास्यान वृद्धाश्रमलाई आवश्यक सामाग्री वितरण तथा वृहत रक्तदान कार्यक्रम गरी मनाएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा