• होमपेज
  • अटो
  • स्याङयोङ गाडीको नयाँ ग्राहक योजना सार्वजनिक

स्याङयोङ गाडीको नयाँ ग्राहक योजना सार्वजनिक

  • मङ्लबार, पुस १७, २०७५
स्याङयोङ गाडीको नयाँ ग्राहक योजना सार्वजनिक

नयाँ वर्षमा नयाँ कार किनने साेचमा हुनुहुन्छ भने तपाइलाइ नेपालको लागी स्याङयोङ मोटर्सको आधिकारिक बिक्रेता एवं आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस मोटर्सले नयाँ वर्षको उपलक्ष्यमा ल्याएकाे स्याङयोङ नयाँ वर्ष मेगा एक्चेञ्ज योजना उत्तम विकल्प हुनसक्छ ।

कम्पनीले सार्वजनिक गरेकाे यस योजना अन्तर्गत ग्राहकहरुले आफ्नो कुनै पनि गाडीसँग स्याङयोङ ब्राण्डको नयाँ एसयूभि साट्न सकिने कम्पनिले जनाएको छ।

यसरी पुरानो गाडीको सट्टा गर्दा नयाँ गाडी खरीद गर्दा ग्राहकहरुले ४ लाख रुपैयाँसम्मको छुट पनि पाउन सक्नेछन् ।

एक्सचेञ्ज अफरमा कम्पनीले एक वर्षको निशुल्क बीमा, पुरानो गाडीको स्पटमै उत्कृट मूलयाङ्कन गरिने, आर्थिक वर्ष २०७५/७६ को रोड ट्याक्स तिर्न नपर्ने, ३ वर्षको वारेन्टी (६० हजार किमीसम्म), ५ वर्षसम्म निःशुल्क सर्भिसिङ्ग, झन्झटरहित फाइनान्सको सुविधा, गााडीको अतिरिक्त सामान निःशुल्क पाइने, सस्तो मूल्यमा स्पेयर्स पार्टसहरू पाइने सेवा सुविधा प्रदान गर्दैछ ।

स्याङयोङ दक्षिण कोरियाको सबैभन्दा अभिनव र उन्नत एसयूवी ब्रान्ड ओटोमोबाइल निर्माता कम्पनी हो । आफ्नो स्थापना वर्ष १९५४ देखि नै कम्पनी उत्कृष्ट प्रदर्शनका लागि सम्मानित हुँदै आएको छ्र । यसको एक मात्र कारण कम्पनीको गुणस्तरिय ईन्जिनियरिङ्ग हो । कम्पनिसँग लक्जरी कारहरू, एसयूवीहरू, पिकअप ट्रक र एमपिभिहरू छन् ।

कम्पनीले संसारभरी करिब १६५८ बिक्रेता मार्फत १२८ भन्दा बढी देशहरुमा निर्यात सञ्जाल मजबुत बनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि