आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय विकाशका लागि नेपालको नीजि क्षेत्र तीनै तहका सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।
सिन्धुली उधोग वाणिज्य संघको आयोजनामा सिन्धुलीमाढीमा पुस १३ गतेदेखि शुरु भएको प्रादेशिक महोत्सवको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ढकालले बताएका हुन् ।
देशको विकासका लागि मलेशियाको प्रसंग उल्लेख गर्दै नीजि क्षेत्रको सहभागिताले देशको चौतर्फी विकाशमा मुख्य भूमिका खेल्ने विचार ब्यक्त गरेका छन् ।
नेपाल सरकारका माननीय अर्थमन्त्री डा. युवराज खतिवडाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमलाई प्रदेश नम्बर तीनका माननीय मन्त्री अरुण नेपाल, सार्क चेम्बरका उपाध्यक्ष एवम् नेपाल उधोग वाणिज्य महासंघका बरिष्ठ सदस्य चण्डीराज ढकाल, स्थानीय जनप्रतिनिधिहरू एवम् विभिन्न उधोगी व्यवसायीहरूले सम्बोधन गरेका थिए ।