• होमपेज
  • Hot news
  • राष्ट्र बैंकको पहलः अर्थमन्त्रीको हस्तक्षेप

राष्ट्र बैंकको पहलः अर्थमन्त्रीको हस्तक्षेप

  • शनिबार, पुस ७, २०७५
राष्ट्र बैंकको पहलः अर्थमन्त्रीको हस्तक्षेप

डा. रामशरण महत । गतका समयहरुमा छोटो छोटो समयमा सरकार फेरबदल हुन्थ्यो । राजनीति अस्थीर थियो । तर, अहिले स्थायी सरकार आएको छ । त्यसपछि सबै जनताहरुमा केही आशा जागेको थियो । अब नीतिगत स्थीरता आउँछ र देशले मुहार फेर्छ भन्ने अपेक्षा सबैले गरेका थिए ।

लामो समयदेखि अड्किरहेको संविधान बनेपछि खुसी भएका जनता संविधान कार्यान्वयनका क्रममा देखिएको समस्या देखेर निशास भएका छन् । हुन त संविधान कार्यान्वयन संक्रमणकालको अवस्था नै हो । त्यसमाथि, अहिले त मुलुकको संरचना नै परिवर्तन भएको छ । यसको कार्यान्वयन सहज छैन भन्ने कुरा पहिले नै थाहा नभएको हैन ।

देश विकासका लागि भनेर मुलुकलाई संघीय संरचनामा लगिएको छ । प्रदेश र स्थानीय तहरुहरुको विभाजन भइसकेको छ भने ती स्थानीय तहहरुका लागि बजेट वितरण पनि भइसकेको छ । केन्द्रीय सरकारले क्षेत्र र विभाजन गरेको छ । तर, प्रदेश सरकारको क्षमता बलियो बनाउनका लागि प्रशासकीय काम, प्रविधिक पाटो र सुशासन जस्ता कुरामा ध्यान दिएको पाइँदैन ।

सरकारले लोकप्रियताका लागि ठूला ठूला कुरा मात्रै गर्ने गरिरहेको छ । रेल ल्याउने, पानीजहाज ल्याउने जस्ता कुराहरु सरकारले गर्दै हिँडेको छ । तर, अहिलेसम्मको यसको सम्भाव्यता अध्ययन भएको छैन । यसरी, ठूला कुरा मात्रै गर्ने सरकारले जनताको वास्तविक समस्या बुझेर समाधान गर्न भने सकिरहेको छैन । ससाना समस्याहरुमै अल्झिरहेको छ ।
अहिले बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीसम्बन्धी समस्या भइरहेको छ ।

यसको समाधानका लागि राष्ट्र बैंकले विभिन्न पहलहरु गरिरहेको छ । तर, अर्थमन्त्रालयले यस विषयमा हस्तक्षेप गर्दै आएको छ । बैंकहरुमा अर्थमन्त्रालयबाट फोन जान्छ रे, फलानोलाई ऋण देऊ भन्छन् रे । यस्तो गर्न पाइन्छ र ? आवश्यकताका आधारमा सहुलियत कर्जा दिनु ठिक हो तर यहाँ त मेला लगाएरै ऋण दिन थालिएको छ । कर्जा लिन अयोग्य व्यक्तिलाई पनि कसैको निकट भएको आधारमा कर्जा दिन दबाब दिँदै आइएको छ । काम गर्न खोज्ने उद्योगीलाई प्रोत्साहन गर्नुको सट्टा धम्की दिने गरिएको छ ।

वास्तवमा अहिले नेपालमा भएको मूख्य समस्या भनेको सुशासनको अभाव हो । कर्मचारी नियुक्ति गर्दा कामअनुसार दक्ष व्यक्ति नहेरी आफन्त एवम् निकट व्यक्तिलाई राख्ने प्रवृत्तिले कुनै पनि क्षेत्रमा प्रभावकारी ढंगले काम हुन नसकेको अवस्था छ । राइट म्यान अन द राइट प्लेसको अत्यन्तै अभाव छ नेपालमा । त्यस्तै, जिम्मेवारी र रकम बाँडफाँडमा पनि समस्या छ ।

अहिलेको सरकारमा फजुल खर्चे प्रवृत्ति देखिएको छ । जनताहरु अधिकतम अभाव र महँगी झेलिरहेको अवस्थामा सरकार आफ्नै सुखसयलमा र अनावश्यक खर्चमा जुटिरहेको छ । १०÷१२ अगाडीदेखि नै योजना बनेर काम हुँदै आएको सामाजिक सुरक्षा कोषलाई कार्यान्वयनमा ल्याएपश्चात् सरकारले नयाँ युगको सुरुवात भन्दै गरेको प्रचारलाई यसको एउटा उदाहरण मान्न सकिन्छ । सामाजिक सुरक्षा कोष कार्यान्वयनमा ल्याउनु पक्कै पनि एक सुखद कुरा हो । तर, त्यसको प्रचारमा गरिएको खर्च विल्कुल आवश्यक थिएन ।

त्यस्तै, अहिले सरकारले आफ्नै गेष्ट हाउस बनाउने भन्ने कुरा आएको छ । संसारका कुनै पनि विकासशील मुलुकमा पनि यस्तो प्रचलन छैन । किनकि एउटा गेष्ट हाउस संचालन र त्यसको व्यवस्थापन गर्ने काम कम खर्चिलो छैन । अहिले विदेशी पाहुनाहरु आउँदा पाँच तारे होटलहरुमा बस्ने, भेटघाट गर्ने गरिरहेका छन् । त्यसमा लाग्ने खर्चको तुलनामा धेरै गुणा बढी खर्च गेष्ट हायस संचालनमा लाग्छ । यस्ता खालको फजुल खर्चमा सरकार जुटिरहँदा जनताहरु झन्झन् निराश हुँदै गइरहेका छन् ।

राजनीतिक पदहरु धेरै भएका कारण पनि खर्च धेरै भइरहेको छ । कस्ता कस्ता विकसित मुलुकहरुमा राजनीतिक पदहरु धेरै हुँदैनन्, काम धेरै हुन्छ । नेपालमा भने कामविनाका पदहरु मात्रै बनाएर आफ्ना निकट व्यक्तिलाई संसदमा घुसाउने काम भएको छ । यसले गर्दा सरकारको खर्च मात्रै बढिरहेको छ । सरकार पनि कसलाई कुन पद दिने र कति सुविधा दिने भन्ने जस्ता आन्तरिक कुराहरुम मात्रै व्यस्त भइरहेको छ ।

अहिलेको सरकारले जिम्मेवारी बहन भन्दा पनि प्रचार प्रसारलाई जोड दिँदै आएको छ । कुनै पनि योजना ल्याइसकेपछि त्यसको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुको सट्टा प्रचार गरेर लोकप्रियता बटुल्दै हिँड्ने प्रवृत्ति देखिएको छ । देशविदेशमा गएर नेपालमा लगानी गर्नुहोस् भन्दै हिँड्ने सरकारले मुलुकमा लगानीको वातावरण तयार गर्न सकेको छैन । यसले गर्दा देशको अर्थतन्त्रको अवस्था कमजोर हुँदै गएको छ ।

सरकारी लगानी पनि प्रभावकारी रुपमा चलाउन सकिएको छैन । सरकारका आफ्नै कामहरु अस्तव्यस्त अवस्थामा छन् । त्यसमाथि निजी क्षेत्रहरुबाट पनि विभिन्न गुनासोहरु मात्रै आउन थालेको छ । काम गर्ने क्रममा पूर्वाधारको अभाव, राजनीतिक हस्तक्षेप लगायतका अवरोधहरु आउने गरेको निजी क्षेत्रहरुको गुनासो छ । अहिलेको अवस्थामा विदेशी लगानी भित्र्याउनका लागि वातावरण तयार गर्नु, सरकारी लगानीलाई व्यवस्थित बनाउनु र निजी क्षेत्रलाई प्रोत्साहन गर्नुको विकल्प देखिँदैन ।

जनताहरु निरास पक्कै भएका छन्, तर पूर्ण रुपमा हतोत्साहित भइसकेका छैनन् । त्यसैले, बेलैमा सुशासन कायम गरे, फजुल खर्च कम गरी राष्ट्र निर्माणका काममा खर्च बढाएर र लगानीको लागि विश्वासीलो वातावरण सिर्जना गरेर सरकारले जनताको विश्वार जित्न सक्नुपर्छ । (पुर्वअर्थमन्त्री डा. महतद्धारा राजधानीमा आयोजित एक कार्यक्रममा दिएका अभिव्यक्तिमा आधारित)

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा