• होमपेज
  • अर्थ/वाणिज्य
  • ज्योति विकास बैंक र स्टार हस्पिटल बीच सम्झौता

ज्योति विकास बैंक र स्टार हस्पिटल बीच सम्झौता

  • आइतवार, पुस १, २०७५
ज्योति विकास बैंक र स्टार हस्पिटल बीच सम्झौता

ज्योति विकास बैंक लि. र स्टार हस्पिटल, सानेपा हाइट, ललितपुर, बीच सहकार्य सम्झौता भएको छ । बैंकले आपm्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई त्यस अस्पतालका स्वास्थ्य सम्बन्धि विभिन्न सेवा तथा सुविधाहरुमा विशेष छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

सम्झौतामा यस बैंकका तर्फबाट बैंकका नायव महाप्रबन्धक श्ुाशिल कुमार शर्मा र अस्पतालका तर्फबाट सि. ओ. ओ. डा. सन्देश जि.सिले हस्ताक्षर गर्नुभयो । यस बैंकका ग्राहकहरुले बैंकको एटिएम कार्ड देखाई र बैंकका कर्मचारीहरुले बैंकको परिचय पत्र देखाइ यो सुविधाको लाभ लिन सक्नेछन् ।

हाल बैंकले ८२ वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्पmत सेवा उपलव्ध गराउँदै आईरहेकोछ भने यसै आर्थिक वर्ष भित्र थप ८ वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । हालसम्म बैंकले १ लाख ५२ हजारभन्दा बढि खाताबाट रु. २३ अर्बभन्दा बढि निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १९ अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ ।

बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ । यस बैकले हाम्रो बिकाश बैकलाइ प्राप्ति गरी एकिकृत कारोबार चाँडैनै सुरुवात गर्ने तयारीमा रहेको छ र तत्पश्चात बैंकको चुक्ता पूँजी रु ३ अरब १० करोड पुग्नेछ ।

Facebook Comments

सम्बन्धित समाचार