• होमपेज
  • अर्थ/वाणिज्य
  • जनता बैंकद्वारा रसुवामा ३ दिने बृहत निःशुल्क स्वास्थ्य शिविर तथा आँखा शिविर सम्पन्न

जनता बैंकद्वारा रसुवामा ३ दिने बृहत निःशुल्क स्वास्थ्य शिविर तथा आँखा शिविर सम्पन्न

  • आइतवार, पुस १, २०७५
जनता बैंकद्वारा रसुवामा ३ दिने बृहत निःशुल्क स्वास्थ्य शिविर तथा आँखा शिविर सम्पन्न

जनता बैंक नेपाल लिमिटेडको आयोजनामा रसुवाको दुई स्थानमा ३ दिने बृहत निःशुल्क स्वास्थ्य शिविर तथा आँखा शिविर सम्पन्न गरिएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्वमा ग्रामिण स्वास्थ्यलाई प्राथमिकतामा राखी देशको विभिन्न क्षेत्रमा विशेष गरी स्त्री तथा प्रसूति रोग सम्बन्धि र आँखा उपचारको लागि निःशुल्क स्वास्थ्य शिविरहरु संचालन गर्ने क्रममा रसुवा जिल्लाको नौकुण्ड गाउँपालिकामा यहि २०७५ मंसिर २५ गते स्त्री तथा प्रसूति रोग, छाला सम्बन्धि रोग र सामान्य स्वास्थ्य परिक्षण गरिएको थियो भने मंशिर २५, २६ र २७ गते आँखा परिक्षण तथा मोतिबिन्दुको शल्यक्रिया गरिएको थियो ।

त्यस्तै रसुवा जिल्लाकै कालिका गाँउपालिकामा मंसिर २६ गते स्त्री तथा प्रसूति रोग, छाला सम्बन्धि रोग र सामान्य स्वास्थ्य परिक्षण गरिएको थियो । उक्त क्षेत्रका विपन्न जनताहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी स्वास्थ्य शिविर संचालन गरिएको हो । नेपाल नेत्र ज्योती संघ अन्तर्गत भरतपुर आँखा अस्पताल र अल्का अस्पताल जावलाखेलको प्राविधिक सहयोगमा उक्त स्वास्थ्य शिविर सम्पन्न गरिएको हो ।

नौकुण्ड स्वास्थ्य शिविरको उद्घाटन रसुवा जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश नं. ३ का माननीय सांसदहरु प्रभात लामा र प्रेम लामाले संयुक्त रुपमा गरेका थिए । उक्त स्वास्थ्य शिविरहरुमा कूल ८४६ जनाको बृहत स्वास्थ्य परिक्षण गरिएको थियो जस मध्ये ५४ जनाको शिविर स्थलमै मोतिबिन्दुको शल्यक्रिया गरिएको थियो ।

बिरामीहरुलाई आबश्यक औषधी र चश्मा निःशुल्क वितरण गरिएको थियो । स्त्री रोग सम्बन्धि उपचारको लागि लक्षित गरिएको शिविरमा पाठेघरको अपरेशन गर्नुपर्ने गरि पहिचान भएका विरामीहरुलाई अपरेशनको लागि अस्पतालमा रिफर गरिएको छ । बैंकबाट उक्त रिफर भएका महिलाहरुको निःशुल्क अपरेशन गर्ने व्यवस्था मिलाइएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने