• होमपेज
  • अर्थ/वाणिज्य
  • सनराईज बैंकको नगद लाभांश घोषणा

सनराईज बैंकको नगद लाभांश घोषणा

  • बिहिबार, मंसिर १३, २०७५
सनराईज बैंकको नगद लाभांश घोषणा

सनराईज बैंक लिमिटेडको संचालक समितिको बैठकबाट बैंकका शेयरधनीहरुलाई आ.ब. २०७४÷०७५ को मुनाफाबाट बैंकको कायम चुक्ता पूँजी रु. ८,१५,२५,५५,८५१ (अक्षरेपी रुपैया आठ अर्ब पन्ध्र करोड पच्चीस लाख पचपन्न हजार आठ सय एकाउन्न रुपैयाँ मात्र) को ११.५% (कर समेत) का दरले हुन आउने रकम रु. ९३,७५,४३,९२२.८७ (अक्षरेपी रुपैया त्रीयानब्बे करोड पचहत्तर लाख त्रीचालीस हजार नौ सय बाइस पैसा सतासी मात्र) नेपाल राष्ट्र बैंक तथा आगामी साधारण सभाबाट स्वीकृत भए पश्चात नगद लाभांश वितरण गर्ने निर्णय भएको छ ।

साथै आयकर ऐन, २०५८ को दफा ४७ क अनुसार एन.आई.डि.सी. क्यापिटल मार्केट्स लिमिटेडलाई मिति २०७३÷१०÷२८ मा प्राप्ति (एकीकृत कारोबार) गरेकोले सो मिति पश्चात शेयर कारोबार गरी नगद लाभांशका लागि योग्य रहेका शेयरधनीहरुको नगद लाभांशमा लाग्ने लाभांश कर रकम सम्बन्धित शेयरधनीलाई वितरण गरिने नगद लाभांश रकमबाट कट्टा गरी लिइने छ ।

Facebook Comments

सम्बन्धित समाचार