• होमपेज
  • मनोरञ्जन
  • मोटी युवती’ सौन्दर्य प्रतियोगिता हुँदै

मोटी युवती’ सौन्दर्य प्रतियोगिता हुँदै

  • बिहिबार, मंसिर १३, २०७५
मोटी युवती’ सौन्दर्य प्रतियोगिता हुँदै

राजधानीमा ओमनियाको प्रस्तुति तथा मोडेल सङ्स नेपाल प्रा.लि.को आयोजनामा ‘सुपर प्लस साईज मोडल नेपाल–२०१९’ सौन्दर्य प्रतियोगिता हुने भएको छ ।
ओमनियाकी प्रबन्ध निर्देशक प्रियंका बोथ्राका अनुसार यस प्रतियोगितामा अबिबाहित तथा बिबाहित सबै युवती तथा महिलाहरुले भाग लिन पाउनेछन । यस सौन्दर्य प्रतियोगितामा प्लस साइज (मोटोपन) भएर निराश भएर बसेका, सौन्दर्य र क्षमता भएर पनि सधै पछि परेका अनि आफ्नो मोटोपनले गर्दा आफुलाई एक्सपोज गर्न डराईरहेका महिलाहरुलाई लक्षित गर्दै उनीहरुको क्षमतालाइ अभिबृद्धी गरी समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले यस प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार ‘सुपर प्लस साईज मोडल नेपाल-२०१९’ प्रतियोगितामा भाग लिनको लागि १६ देखि ४५ बर्ष उमेर समुहका महिला साथै उचाइ ४’८” र तौल ५५ केजी भन्दा माथिका प्रतियोगीहरु हुनुपर्नेछ । प्रतियोगिताका लागि छनौट हुने प्लस साइज सुन्दरीहरुलाई पच्चीस दिन लामो विशेष प्रशिक्षण प्रदान गरिने मोडल सङ्स नेपालका प्रबन्ध निर्देशक डेविल सिंह राजपुतले जानकारी गराए ।
जसमा नेपालका ख्याति प्राप्त ट्रेनर, कोरियोग्राफरबाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसनल क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विविध विषयमा प्रशिक्षण प्रदान गरिने छ ।
डेविलका अनुसार बिजेताले नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रि सौन्दर्य प्रतियोगिता टप अफ द वर्ल्ड प्लस साईज, २०१९ मा सहभागिता जनाउन पाउनेछन ।
प्रथम बिजेताले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रीय सौन्दर्य प्रतियोगिता वर्ल्ड टप प्लस साईज, २०१९ मा सहभागिता जनाउन पाउनेछन ।
मोडल सङ्ग्स नेपालको ब्राण्ड एम्बासडरको रुपमा कार्य गर्ने अवसर प्रदान गरिने पनि आयोजकले जनाएको छ । त्यस्तै अनलाइन पत्रीका तथा अनलाईन म्यागाजिनमा मोडलिङ कन्ट्र्याक्ट र हरेक प्रतिस्पर्धिको निम्ति छुट्टाछुट्टै भिडियो प्रोफाइल बनाई बिन्ना म्यागाजिनमा प्रस्तुत गरिने बताइएको छ ।
त्यस्तै बिजेताले नगद पुरस्कार पचास हजार, प्रथम विजेतालाई तीस हजार, दोस्रो विजेतालाई बिस हजार प्रदान गरिने पनि आयोजकले जनाएको छ ।
अडिसन बिबरणको बिबरण यसप्रकारको रहेको छः-
मितिः २०७५ मङ्सिर २२ गत्ते
समयः दिउसो १ः०० बजे देखि
स्थान: रोयल एलिनाज बेकरी , न्यु बानेश्वोर
अडिसन पोशाक
‘मिस’ तर्फको प्रतिस्पर्धीहरुको लागि : – सेतो टि सर्ट र लामो पेन्ट्स -हील्स कम्तिमा २ इन्चसम्मको
‘मिसेज’ तर्फको प्रतिस्पर्धीहरुको लागि: -ब्ल्याक टि-शर्ट र लामो पेन्ट्स कुर्था सुरुवाल -हील्स कम्तिमा २ इन्च
फाराम बितरण हुने स्थानः
ओमनिया G-24 ग्राउण्ड फ्लोर, सिटी सेन्टर
कमलपोखरी (फोन नं. ०१-४०११५२३)
ओमनिया A-97 ग्राउण्ड फ्लोर वर्ल्ड ट्रेड सेन्टर
त्रिपुरेश्वर (फोन नं. ०१-४११७१४२)
मोडल सङ्स नेपाल, भाटभटेनी
कोटेश्वर (फोन नं. ९८०९६४९५४१)
Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि