• होमपेज
  • समाचार
  • सरकार जुम्रा मार्न बसेको होईन

सरकार जुम्रा मार्न बसेको होईन

  • बुधबार, मंसिर १२, २०७५
सरकार जुम्रा मार्न बसेको होईन

प्रधानमन्त्री केपी शर्मा ओलीले अबको केहि समयभित्र जताततै सरकारमात्र देखिने बताउनुभएको छ ।

मंगलबार काठमाडौमा आयोजना गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको शुभारम्भ गर्दे प्रधानमन्त्री ओलीले आफ्ना आलोचकहरुको कडा प्रतिवाद गर्दे केही दिनमै जता फर्कियो त्यतै सरकार देखिने बताउनुभएको हो । प्रधानमन्त्री ओलीले अबदेखि यस्ता कार्यक्रमको शुभारम्भ नौमती बाजा बजाएर गर्ने पनि बताउनुभयो ।  प्रधानमन्त्री ओलीले सरकार जुम्रा मार्न र सिन्का भाँच्न नभएको भन्दै देश बनाउन सरकारले काम गरिरहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले सरकार खोइ भनेर खोज्नेहरुलाई मजदुर र दुःख पाएका जनतालाई सोध्न आग्रह गर्दे जता फर्कियो त्यतै सरकार देखिन थालेपछि विरोधीहरु चुप लाग्ने तर्क गर्नुभयो । प्रधानमन्त्री ओलीले निराश जनता देशका लागि खतरा हुने भएकाले जनतालाई निराश हुन नदिने प्रतिबद्धता जनाउनुभयो । राष्ट्रपति, उपराष्ट्रपति राष्ट्रको गरिमा र लोकतन्त्रको उपज भएको बताउँदै उहाले ती संस्थाहरुलाई विवादमा ल्याइएकोमा चिन्ता व्यक्त गनुएभयो । विभिन्न तवरवाट लोकतन्त्र मास्न खोजिरहेको, परिवर्तन संस्थागत हुन नदिन अनेक प्रयत्न गरिरहेको, एकता, साम्प्रदायिकतामा खलल पुर्याउने कोसिस गरिरहेको उहाको भनाई छ ।

त्यस्तै प्रधानमन्त्री ओलीले श्रमिकको हकहितलाई मध्यनजर गर्दै सरकारले पहिलो पटक श्रमिक र तिनका आश्रित परिवारको लागि सामाजिक सुरक्षा योजना सुरु गर्न लागेको जानकारी दिनुभयो । सामाजिक सुरक्षा कार्यक्रम २५ वर्षअघि एमालेको अल्पमतको सरकारले सुरु गरेको वृद्धभत्ता कार्यक्रमकै नयाँ आयाम भएको उहाले बताउनुभयो ।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागु भएपछि रोजगारदाता र श्रमिकको असुरक्षित यात्रा समाप्त हुने बताउनुभयो । नेपालमा श्रमको सम्मान गर्दै थप रोजगारीको अवसर बढ्ने भन्दै उहाले नेपाली श्रम र सीपलाई बढाउदै लैजान योजना सहयोगि बन्ने विश्वास गर्नुभयो ।

सरकारले लाखाँै श्रमिकलाई सामाजिक न्यायको प्रत्याभूति गराउन योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू गरेको हो । योजना लागू भएसँगै श्रमिकले औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना, अशक्त सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजनानुसारको सामाजिक सुरक्षा प्राप्त गर्ने छन् । उक्त योजनाबमोजिम लामो समय योगदान गरेका श्रमिकले अबदेखि ‘रित्तो हात’ घर फर्कनुपर्ने अवस्था अन्त्य भएको छ भने निश्चित अवधि सेवा गरेपछि उनीहरूले निवृत्तिभरण (पेन्सन) समेत पाउने वातावरण पनि बनेको छ । निवृत्तिभरण प्राप्त गर्न योगदानकर्ताको उमेर ६० वर्ष पूरा भएको र कम्तीमा १ सय ८० महीना वा पन्ध्र वर्ष योगदान गरेको हुनुपर्नेछ । रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकबाट ११ प्रतिशत रकम कट्टी गरी सो रकममा श्रमिकको आधारभूत पारिश्रमिकको २० प्रतिशत रकम थप गरी कूल ३१ प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्नेछ । सरकारले कार्यक्रमको घोषणा हुने दिनलाई सामाजिक सुरक्षा दिवसका रुपमा मनाउने निर्णय समेत गरेको छ ।

https://youtu.be/kF-TdrpDaKs

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि