• होमपेज
  • Hot news
  • बैंकहरुमा अध्यक्षको दबदबा : गर्भनर बेखबर

बैंकहरुमा अध्यक्षको दबदबा : गर्भनर बेखबर

  • आइतवार, मंसिर ९, २०७५
बैंकहरुमा अध्यक्षको दबदबा  : गर्भनर बेखबर

नेपालका २८ वाणिज्य बैंकहरु मध्ये अधिकाशं बैंकहरुमा बैंकको सञ्चालक समितिका अध्यक्ष र बोर्ड सदस्यहरुको चर्को दबदबा छ भन्दा पत्याउन गार्हो होला तर यो सत्य हो । झट्ट हेर्दा पत्याउन गाह्रो यो कुराको प्रमाण चाहिए कुमारी बैंकको केन्द्रीय कार्यालय पुगे देख्न सकन्छ ।

यी कैंकले अध्यक्ष सन्तोष कुमार लामाका लागि सिइओसँगै एउटा भव्य र सजीसजावट भएको कोठा दिएका छन् । त्यही दिनै अध्यक्ष १० बजे देखि ५ बजेसम्म बसी सबै कामका फाइल अध्ययन गरी सीएओहरुलाई गर्न वा नगर्न भनी हस्तक्षेप गरि रहेका हुन्छ ।

कुमारी बैंकका सीइओ सुरेन्द्र भण्डारी अध्यक्षको दबदबा मानी सबै निर्देशन पालना गरी जागिर बचाई रहेका छन् । तर निरिह राष्ट्र बैंक बेखबर झैं बनेको देखिन्छ । राष्ट्र बैंक यी दुबै बैंकका अध्यक्षहरुको क्रियाकलापबाट अनविज्ञ छैन तर आँखा चिम्म गरी बसेको छ । के हो गर्भनर साब कारबाही गर्ने हिम्मत छैन भने पद पनि छाडे हुन्छ नत्र कारवाही गरी आफ्नो छबी बचाउने काम गर्नुहोस् ।

तपाईको जीवनमा एउटा छबी छ । त्यो बचाउने दायित्व तपाईकै हो । जागिर त केही समयकै लागि हो नि गर्भनर साब ! यी बैंकका अध्यक्ष त पात्र मात्रै हुन दर्जनौ बैंकमा अध्यक्षहरुको चर्को दबदबा छ । हस्तक्षेप पछिल्लो समय बढेको छ । कर्जा प्रवाह देखि कर्मचारी भर्ना र सरुवासम्म हस्तक्षेप छ ।

त्यो तपाईलाई नै थाहा होला । कारबाही गर्ने हिम्मत छ । गर्भनर साब तपाईसँग ? बैंकहरुबीच अस्वस्थ्य प्रतिस्पर्धा गराउन बैंकका अध्यक्षले नै सीइओहरुलाई दबाब दिने गरेको भेटीर्एको छ । यसको कारण अहिले बैंकहरुमा जोखिम बढेको प्रस्टै देखिन्छ ।

नियामक निकाय नेपाल राष्ट्र बैंकका पियन देखि गर्भनरसम्मले बैंकमा आफ्ना आफन्त, नातागोता, आसेपासेलाई जागिर खुवाउन तलिन देखिन्छन् । र राष्ट्र बैंकको निर्देशन पालना गर्न अटेर मात्रै गर्दैनन् सीइओहरुलाई बैंकिङ नम्स विपरीत काम गर्न उत्साहित गरिरहेका छन् बैंक अध्यक्षहरु । पछिल्लो परिणाम हो बैंकहरुमा चर्को तरलता अभाव । सुन्दा पनि घिन लाग्ने, हेर्दा लाज लाग्ने काम राष्ट्र बैंकका सबै तहका कर्मचरीले गरेको फेला परेको छ ।

दशैंमा रक्सीको बोतल गिफ्ट लिने कुरा होस् वा तिहारमा मिठाईको डब्बा । भनसुनमा जागिर लाउने कुरा हेर्ला सानो लागे पनि यसले निर्णय क्षमतालाई प्रभावित पार्न सक्छ कि सक्दैन गर्भनर साब ?

बैंक तथा वित्तीय ऐनले व्यवस्थापन र संचालक समितिवीचको कामबारे स्पष्ट कित्ताकाट गरिदिए पनि बैंक अध्यक्षले कार्यकारी भूमिका खेलीरहेको देखिन्छ ।

आफुलाई मनपरेको सीइओ राख्ने अनि आफुले भनेजस्तो गर्न लगाउने प्रवृत्ति पछिल्लो समय वाणिज्य बैंकहरुमा बढेको एक पूर्व सीइओले बताए । अध्यक्षहरुको चर्को दबाबका कारण बैंकका सीइओहरुले ८० प्रतिशत मात्रै लगानी गर्न पाउने पैसा ८८्.९० प्रतिशत सम्म लगानी गरेपछि अहिले चर्को तरलता अभाव देखिएको एक पूर्व सीइओले बताए ।

राष्ट्र बैंकको पछिल्लो तथ्याङ अनुसार बैंक तथा वित्तीय संस्थाको कर्जा–पूँजी– निक्षेप अनुपात ८८ प्रतिशतको हाराहारीमा पुगेको छ । बैंक तथा वित्तीय संस्थाले यस अवधिमा २९ खर्ब ४३ अर्ब निक्षेप संकलन गरेका छन् भने २६ खर्ब १० अर्ब कर्जा प्रवाह गरेका छन् ।

बैंक तथा वित्तीय संस्थाले संकलन गरेको निक्षेपको आधारमा भएको कर्जा लगानी ८८.६८ प्रतिशत हुन आउँछ । राष्ट्र बैंक्ले गरेको व्यवस्था अनुसार यसको अनुपाल ८० प्रतिशत भन्दा माथि हुनु हुँदैन । बैंक् तथा वित्तीय संस्थाले यस अवधिमा गरेको गरेको लगानी राष्ट्र बैंकले तोकेभन्दा निकै माथी छ ।

राष्ट्र बैंकको व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले एक हजार रुपैया तथा वित्तीय संस्थाले एक हजार रुपैयाँ निक्षेप संकलन गरेर आठ रुपैयामात्र लगानी गर्न पाउने व्यवस्था छ ।

पर्याप्त सरकारी खर्च नहुनु, कर्जाको माग अनुसार निक्षेप बढ्न नसक्नु तथा बैंकहरुले आफ्नो पुँजीलाई नहेरी माग अनुसार बैंक नै रित्तिने गरी लगानी गर्दा अप्ठ्यारोमा परेका हुन् । निक्षेप र कर्जाको अनुपातलाई मिलाएको भए यस्तो अवस्था आउने थिएन । बैंकर अनलराज भट्टराईको ठम्याई हो यो ।

अहिले अधिकांश बैंकहरुको सीसीडि रेसियो ८० प्रतिशतको हाराहारीमा पुगेको राष्ट्र बैंकका प्रवत्ता नारायण प्रसाद पौडेलले बताए । बैंकहरु अहिले थप कर्जा प्रवाह गर्न सक्ने अवस्थामा नरहेको उनको भनाई छ । थप कर्जा प्रवाह गर्न थप स्रोत जुटाउनु पर्छ उनले भने ।

राष्ट्र बैंकले दिएको जानकारी अनुसार अहिले राष्ट्रिय वाणिज्य बैंकको सीडिसी रेसियो भने ७० प्रतिशत मात्रै छ । भने स्टाण्डर्ड चार्टड बैंक सहज अवस्थामा छ । अहिले पछिल्लो समय २८ वाणिज्य बैंक मध्ये १२ भन्दा बढी बैंक धेरै अप्ठ्रोमा पुगेका भेटिएको छ । यसले नेपाली जनताको सम्पत्ती कतै हराउने त होइन भन्ने आशंका बढ्दै गएको देखिन्छ । समयमै सचेत भया । राजतिलक साप्ताहिक

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा