• होमपेज
  • समाचार
  • खगेन्द्र यक्सोको आँखा फुरफुरायो सार्वजनिक

खगेन्द्र यक्सोको आँखा फुरफुरायो सार्वजनिक

  • बिहिबार, मंसिर ६, २०७५
खगेन्द्र यक्सोको आँखा फुरफुरायो सार्वजनिक

सिंगौरी खेलेकी मोडल एलिसा राईको आँखा फुरफुराएको खबर छ । अर्थात उनले यस अघि सिंगौरी बोलको गीतको भिडियोमा अभिनय गरेकी थिईन् भने त्यसैको दोश्रो भाग आँखा फुरफुरायो बोलको गीतको भिडियोमा पनि मोडल राईले नै अभिनय गरेकी छिन् ।

चर्चित गायक तथा संगीतकार खगेन्द्र यक्सोको साथमा बिमला राई र अर्जुन राईले गाएको सिंगौरी बोलको गीतको भिडियोमा मोडल एलिसा राईले अभिनेता श्याम राई, योगेन्द्र राई र दिनेश गुरुङसँग कम्मर मर्काएकी थिईन् भने सिंगौंरी २ को आँखा फुरफुरायोबोलको गीतको भिडियोमा उनले श्याम राई र दिपांशु थापासँग कम्मर मर्काएकी छिन् ।

पहिले सार्वजनिक भएको गीत सिंगौरीको भिडियोले ६० लाख भन्दा बढी दर्शककोसाथ पाएपछि त्यसलाई अपार सफलता मान्दै दोश्रो भाग आँखा फुरफुरायो सार्वजनिक गरिएको युमा आर्टस् श्रोतले जानकारी दिएको छ ।

नेपाली साँगीतिक उद्योगमा चर्चामा रहेको कम्पनी युमा आर्टसको उत्पादन तथा बितरण रहेको यस गीतको शब्द गायक तथा संगीतकार खगेन्द्र यक्सोको साथमा सिबी स्याबुनेले लेखेका हुन् भने सशि गुरुङको संगीत रहेको गीतको संगीत संयोजन चन्दु गोर्खालीले गरेका हुन् । गीतमा स्वर खगेन्द्र यक्सो, सिबी स्याबुने र मेलिना राईको सुन्न सकिन्छ ।

अत्यन्तै रोमाञ्चक तरिकाले बनाईएको भिडियोमा तेञ्जु योन्जनको कोरियोग्राफी र युगल पोमोको निर्देशनलाई अर्जुन तिवारीले खिचृेका छन् । बिकाश दाहालले सम्पादन गरेको भिडियो निर्माता सिबी याक्खा स्याबुने हुन् भने एलिशा राई, श्याम राई र दिपांशु थापाको साथमा दिनेश गुरुङ, राम गुरुङ, मौसमी सुब्बा लगायतको पनि भूमिका देख्न सकिन्छ ।

बाँकी मनोरञ्जनको लागी भिडियो लिंकमा जानुहोस् :

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा