• होमपेज
  • अर्थ/वाणिज्य
  • एनआईसी एसिया बैंकले ४ अर्ब ऋणपत्र निष्कासन गर्ने

एनआईसी एसिया बैंकले ४ अर्ब ऋणपत्र निष्कासन गर्ने

  • मङ्लबार, कार्तिक ६, २०७५
एनआईसी एसिया बैंकले ४ अर्ब ऋणपत्र निष्कासन गर्ने

एन आई सी एशिया बैंक लिमिटेडले रु.१,००० अंकित दरका ४०,००,००० कित्ताले हुन आउने रु.४ अर्व बराबरको “११५ एन आई सी एशिया ऋणपत्र २०८५/८६” निष्कासनको निमित्त नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्ति गरेको छ ।

यस अगाडि बैंकले जारी गरेको रु १ अर्ब ८३ करोड रुपैंयाको “११५ एन आई सी एशिया ऋणपत्र २०८२/८३” सम्पूर्ण रुपमा आवेदन प्राप्त भई बाँडफाँड समेत भइसकेको छ ।

प्रस्तावित ११ प्रतिशत व्याज भएको यस ऋणपत्र लगानीकर्र्ताको लागि उत्कृष्ट प्रतिफल सहितको दीर्घकालीन लगानी गर्ने सुवर्ण अवसर हुने विश्वास बंैकले लिएकोे छ ।

उक्त ऋणपत्र निष्कासन सम्बन्धी सम्झौता पत्रमा एन आई सी एशिया बैंक लिमिटेडका तर्फबाट का. मु. प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक छपि राज पन्त द्वारा सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

रु.४ अर्व बराबरको ऋणपत्रमध्ये ८० प्रतिशत (रु ३ अर्ब २० करोड) व्यक्तिगत र २० प्रतिशत (रु ८० करोड) सर्वसाधारणका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात निष्कासन तथा बिक्री खुला गरिनेछ । प्रस्तावित ऋणपत्र ११ प्रतिशत बार्षिक व्याज दरले अर्धवार्षिक रुपमा व्याज भुक्तानी गर्ने गरी १० वर्ष अवधिको लागि निष्काशन गर्न लागिएकोे हो ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)