• होमपेज
  • अर्थ/वाणिज्य
  • महालक्ष्मी विकास बैँकको थप चार शाखा संचालनमा

महालक्ष्मी विकास बैँकको थप चार शाखा संचालनमा

  • मङ्लबार, अशोज २३, २०७५
महालक्ष्मी विकास बैँकको थप चार शाखा संचालनमा

यस महालक्ष्मी विकास बैंक लि. ले बैकिङ्ग सेवाको पहुँच देशभर पुर्याउने क्रममा काठमाडौं उपत्यका बाहिरका विभिन्न स्थानहरुमा शाखा कार्यालय स्थापना गरी बैकिङ्ग कारोबार सञ्चालनमा ल्याएको छ ।

बैंकले झापा जिल्ला, दमक नगरपालिका वडा नं ७, दमक बजारमा आफ्नो छयहत्तरौँ शाखा स्थापना गरी कारोबार सञ्चालन गरेको छ भने सप्तरी जिल्ला, रुपनी गाउँपालिका वडा नं १, रुपनीमा आफ्नो सतहत्तरौँ शाखा स्थापना गरी बैकिङ्ग सेवा सर्व साधारण माझ उपलब्ध गराएको छ ।

यसका अतिरिक्त यस बैंकल थप दुई शाखा मार्फत कारोबार गर्ने निर्णय गरेको छ । थप दुई शाखा अन्र्तगत कैलाली जिल्ला, कैलारी गाउँपालिका वडा नं १ स्थित हसुलिया शाखा तथा बारा जिल्ला, प्रसौनी गाउँपालिका वडा नं २ स्थित प्रसौनी शाखा पर्दछन् । उल्लिखत शाखाहरु सञ्चालनमा आए पश्चात् यस बैंकको शाखा संख्या ७९ पुग्नेछ ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा हालसम्मका ७७ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या ४ लाख ९० हजार भन्दा बढि रहेको छ ।

बैंकले हालसम्म रु. २६ अर्ब ५ करोड निक्षेप संकलन गरी रु. २२ अर्ब ४८ करोड कर्जा प्रवाह गरेको छ । यस बैंकले शाखा कार्यालय सञ्चालनमा ल्याएका क्षेत्रहरुका व्यावसायिक कारोबार अन्र्तगतका कृषि, उर्जा ,पर्यटन, लघु उद्यम क्षेत्रमा कर्जा प्रवाह गरी नेपालको अर्थतन्त्रलाई सुदृढ बनाउन निरन्तर प्रयासरत रहने प्रतिबद्धता जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार