• होमपेज
  • मनोरञ्जन
  • शोहम र सिम्पलको रोमान्स

शोहम र सिम्पलको रोमान्स

  • सोमवार, अशोज २२, २०७५
शोहम र सिम्पलको रोमान्स

युटुबबाट भाइरल बनेका सपन श्रेष्ठको पहिलो गित तथा म्युजिक भिडियो सार्बजनिक भएको छ l चर्चित पप गायक कमल खत्रीको प्रमुख आतिथ्यतामा इटहरी स्थित कुण्डलिनिमा एक कार्यक्रम माझ गित तथा भिडियो सार्बजनिक गरिएको हो l

गायक कमल खत्रिकै शब्द रचना तथा संगीतमा सपन श्रेष्ठले ‘सुरमै जादु छ’ बोलको गित रेकर्ड गरेका हुन् l शुत्र इन्टरटेनमेन्ट स्टुडियोमा रेकर्ड गरिएको गीतलाई रिकेश गुरुंगले एरेन्ज गरेका हुन् l सार्बजनिक म्युजिक भिडियोलाई डिजिटल डिथ्री टिभि बाट सार्बजनिक गरिएको छ l हेर्नुस भिडियो यस्तो बनेको छ !

द मोन्टाजका पवन सुस्लिङ्गको कन्सेप्ट तथा निर्देशनमा निर्माण गरिएको सार्बजनिक म्युजिक भिडियोमा संचारकर्मी सुवास संकल्पले सहायक निर्देशन तथा निर्माण ब्यबस्थापन गरेका छन् l

चर्चित मोडल सोहम गुरागाई र सिम्पल खरेल फ़िचरिङ्ग उक्त्त म्युजिक भिडियो निकै रोमाञ्चक बनेको छ l राजधानी गोठाटार र आसपासका क्षेत्रमा पवन सुस्लिङ्गले छायांकन गरेको भिडियो निकै उत्कृष्ट बनेको छ l साथै, भिडियोलाई सम्पादन समेत द मोन्टाजका पवन सुस्लिङ्गले नै गरेका हुन् l

सांगीतिक यात्रामा रहर हुदाहुदै पनि आर्थिक अभाबले आफ्ना इच्छा आकांक्षालाइ आफु भित्र मात्र सिमित पारेका सपन श्रेष्ठलाई डिथ्री अनलाइनका सुवास संकल्पको अगुवाइमा गित रेकर्ड तथा म्युजिक भिडियो छायांकन गर्न सफल भएको हो l

चर्चित गायक कमल खत्री, मोडल द्वय सोहम र सिम्पल, पवन सुस्लिङ्गले निस्वार्थ रुपले म्युजिक भिडियो तथा गित रेकर्डमा सहयोग गरेका थिए l साथै देश तथा विदेशबाट विभिन्न व्यक्तित्वहरु तथा संघसस्थाबाट प्राप्त आर्थिक सहयोगले सपनको सांगीतिक यात्रामा अघि बढ्न महत्वपूर्ण योगदाल पुर्याएको छ l

 

Facebook Comments

सम्बन्धित समाचार