• होमपेज
  • कृषि
  • अलैँची खेतीमा रम्दै कृषक

अलैँची खेतीमा रम्दै कृषक

  • मङ्लबार, अशोज ९, २०७५
अलैँची खेतीमा रम्दै कृषक

भोजपुरका अलैँची कृषक राम्रो आम्दानीसँगै अलैँची खेतीमा रम्न थालेका छन् । भोजपुर नगरपालिका–४ सिद्धेश्वरका चन्द्रबहादुर पाण्डे यतिखेर घरायसी काममा भन्दा प्राय अलैँची खेतीमै समय व्यतित गर्नुहुन्छ । एकसय रोपनी जमिनमा अलैंँची खेती गर्दै आउनुभएका उहाँले वार्षिक रू एकलाख भन्दा बढी आम्दानी गर्दै आउनुभएको छ ।

कृषक पाण्डे भन्नुहुन्छ, “पहिलो पटक मैले अलैँंची चाखेको बेला मलाई त्यो फल निकै मीठो लागेकाले त्यै खेतीमा लाग्ने रहर जाग्यो । राम्रो मूल्यमा बिक्री हुने र स्वास्थ्यको लागि पनि राम्रो मसाला भएकाले यै खेतीमा लागेको हुँ ।’’ जब उहाँले अलैँचीबाट राम्रो आम्दानी गर्न थाल्नुभयो त्यसपछि अन्य धानखेत समेत भाडामा लिएर अलैँंचीलाई व्यावसायिक रूप दिनुभयोे ।

आफ्नो परिवारलाई धानखेती गर्दा शुरुमा खानलाई छाक टार्न समस्या हुन्थ्यो तर अलैँंची खेती विस्तार गरेपछि परिवारलाई धान्न सहज भएको जानकारी दिँदै कृषक पाण्डे भन्नुहुनछ‘ “अलैँंची खेतीको शुरुको समयमा त के गरे के गरिन भन्ने नै छैन तर अहिले यो खेतीबाट परिवारलाई दुईचार पैसाको दुःख छैन । पहिला धानखेती गर्दा खान पुग्दैन थियो । अलँैचीले मेरो जीवनस्तर उकासेकाले हाल म एक सफल कृषकमा गनिन्छु । ”

शुरुमा अलैँची खेती गर्दा आमाले धान खेती मासेको देख्दा तेरा छोराछोरीलाई घाँस दिएर पाल्नु । भएको धानखेती सबै जङ्गल बनाइहालिस् भन्नुभएको थियो । छरछिमेकले पनि सबै धान फल्ने खेत मासेको देख्दा बौलाएको भन्थे तर त्यो बेलामा बौलाहा भन्नेहरू अहिले पछुताएका छन् । उहाँ बताउनुहुन्छ, “ पछुताएकाहरू भन्छन् हेर, त्यस बेलामा तिमीलाई बौलाएको भनियो तर तिम्रोजस्तो बेलामै बुद्धि पुर्याएको भए हाम्रो पनि आयस्तर वृद्धि हुने रैछ” ।

अलैंँचीको आम्दानीले एउटा छोरालाई इञ्जिनीयर पढाउन सफल हुनुभएका कृषक पाण्डेले अर्को एउटालाई भारतीय सेनामा र तेस्रोलाई नेपाली सेनामा जागिर खुवाउन सफल हुनुभएको छ । उहाँले वार्षिक रुपमा १८ देखि २० लाख आम्दानी गर्दै आएको छ । पछिल्लो समय अलैंँचीको मूल्यमा गिरावट आउँदा भने आम्दानीमा केही कमी आएको उहाँको भनाइ छ ।

परम्परागत खेतीलाई परिमार्जन गर्दै लैजानुभएका कृषक पाण्डे पनि पछिल्लो समयमा बिरुवा मर्ने समस्या हुनाका साथै फलेको अलैँंची सुकाउने आधुनिक अलैँंची भट्टी नहुँदा पनि सोचे जस्तो मूल्य पाउन नसकेको गुनासो गर्नुहुन्छ ।

पछिल्लो समयमा जलवायु परिवर्तन, विभिन्न प्रविधिको कमीका कारण यसतर्फ लागेका कृषक निराश बनेको कृषक उहाँ बताउनुहुन्छ ।

ट्याम्केमैयुङ गाउँपालिका –५ कृषक खगेन्द्र विष्ट पनि अलैँंची खेतीमा लाग्नुभएको धेरै समय भैसकेको छ । उहाँले यसको खेतीबाट वार्षिक रू पाँच/सात लाखसम्म आम्दानी गर्दै आएको बताउनुहुन्छ । आफूले पाँच जनाको परिवारलाई राम्रो शिक्षा दिक्षासँगै आम्दानी पनि राम्रो भइरहेको उहाँ जानकारी दिनुहुन्छ । विष्ट जस्तै दर्जनैं कृषक अलँैचीको खेतीमा सक्रिय छन् ।

Facebook Comments

सम्बन्धित समाचार