• होमपेज
  • अर्थ/वाणिज्य
  • महालक्ष्मी र नर्भिक इन्टरनेशनल बीच सम्झौता

महालक्ष्मी र नर्भिक इन्टरनेशनल बीच सम्झौता

  • मङ्लबार, अशोज ९, २०७५
महालक्ष्मी र नर्भिक इन्टरनेशनल बीच सम्झौता

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले नर्भिक इन्टरनेशनल हस्पिटल तथा मेडिकल कलेज प्रा. लि.सँग एक सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवार ले नर्भिक अस्पतालमा विभिन्न विधाका स्वास्थ्य परीक्षण तथा उपचार गराउँदा सेवाशुल्कमा ५% देखि ३०% सम्मको छुट पाउनेछन् ।

प्याथोलोजी, रेडियोलोजी (सिटी÷एम.आर.आई स्क्यान सहित), मेमोग्राम, कार्डिएक नन इनभेसिभ परीक्षण तथा सर्जिकल चार्जमा बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवारले १० % छुट प्राप्त गर्न सक्नु हुनेछ । नर्भिक वार्षिक हेल्थ प्याकेजमा ३०% सम्मको छुट र बेड चार्जमा ५% छुट दिने सम्झौता भएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र अस्पतालका कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंहले उक्त पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार यस किसिमको सहकार्यबाट बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, बैंकका कर्मचारी लगायत कर्मचारीका परिवार(बाबु–आमा, श्रीमान–श्रीमती, तथा दुई सन्तान)ले नर्भिक इन्टरनेशनल हस्पिटलमा उल्लिखित छुट प्राप्त गर्न सक्नु हुनेछ ।

देशका ७५ वटा शाखाहरुबाट बंैकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लि. ले आगामी दिनहरुमा उक्त अस्पतालसँग संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्वास्थ्यसँग सम्बन्धीत कार्यक्रमहरु गर्दै जाने सहमति गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि