काठमाडौँमा भएका ५० भन्दा बढी फुट्सललेनै काठमाडौँ मा फुट्सल कति चर्चित छ भन्ने देखाउछ । कतिपयलाई फुट्सल भनेको पुरुषहरुको मात्र खेल हो भन्ने लाग्दछ । यो आम बुझाई फेर्नका लागि प्ले नेपालले येही असोज २० गते खुल्ला महिला फुट्सल प्रतियोगिता संचालन गर्न लागि रहेको छ। प्रतियोगिता ढुकु फुत्सल, महाराजगंज मा संचालन हुने छ ।
प्रतियोगितामा ४० भन्दा बढी टीम तथा २८० भन्दा बढी महिला खेलाडीको सहभागिता हुने अनुमान गरिएको छ । यो प्रतियोगिता महिलाहरुलाई एक- अर्का बीच प्रतिस्पर्धा गर्न, रमाउन तथा पुरस्कार जित्न उचित अवसर हुन सक्दछ ।
प्रतियोगिता जित्ने टीमले ३५,००० नगद पुरस्कारका साथ – साथै अन्य आकर्षक पुरस्कार जित्नेछन् ।
आयोजक संस्था प्ले नेपालका तर्फ़ बाट कार्यकारी निर्देशक बिकाश न्यौपाने भन्छन, “हामी खेलको तागतमा विश्वास गर्छौ । हाम्रो उध्यश्य सबैलाई खेल्ने अवसर दिनु हो । ‘ स्वस्थ तन, स्वस्त मन ‘ अभियान अन्तर्गत यसै वर्ष हामी अन्तर-बिद्यालय फुट्सल प्रतियोगिता तथा प्यारेन्ट्स कप आयोजना गर्दैछौ ।‘
प्ले नेपाल एक ब्यबसायिक, शारीरिक शिक्षा तथा इभेन्ट आयोजक कम्पनी हो । हामी सिर्जनात्मक, रमाईला, तथा सकारात्मक असर देखिने खेलहरु काठमाडौका हजारौ बिद्यार्थीहरुलाई खेलाउदै आइरहेको छ। साथ-साथै हामि विभिन्न खेल प्रतियोगिताहरु पनि आयोजना गर्दै आइरहेको छ ।