• होमपेज
  • अर्थ/वाणिज्य
  • सन्राइज बैंकद्घारा नेपाल बाल संगठनलाई सहयोग

सन्राइज बैंकद्घारा नेपाल बाल संगठनलाई सहयोग

  • सोमवार, अशोज १, २०७५
सन्राइज बैंकद्घारा नेपाल बाल संगठनलाई सहयोग

सन्राइज बैंक लिमिटेडको एघारौं वार्षिकोत्सवको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नेपाल बाल संगठनमा एक कार्यक्रमको आयोजना गरी त्यहाँ रहेका १८० जना बालबालिकाहरुलाई सहयोग सामाग्रीहरु वितरण गरेको छ ।

बैंकले प्रत्येक वार्षिकोत्सवको अवसरमा नेपाल बाल संगठनमा रहेका बालबालिकाहरुलाई विविध सामाग्रीहरु वितरण गर्दै आईरहेको छ । यस वर्ष पनि बैंकले आफ्नो एघारौं वार्षिकोत्सवको उपलक्ष्यमा खाद्य सामाग्री, जाडो महिनाको लागि लुगा, भाँडाकुडाँ, तथा तन्ना वितरण गरेको छ ।

उक्त सामाग्रीहरु बैंकका संचालक समितिका अध्यक्ष मोतीलाल दुगड, संचालकहरु ई. बच्छराज तातेड्, ओम्कृष्ण जोशी, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य एवं बैंकका कर्मचारीहरुले वितरण गरेका थिए ।

कार्यक्रममा बैंकका अध्यक्ष मोतीलाल दुगडले, बैंकले प्रत्येक वार्षिकोत्सवको अवसरमा नेपाल बाल संगठनमा रहेका बालबालिकाहरुलाई विविध सामाग्रीहरु वितरण गर्दै आई रहेकोमा यस वर्ष पनि बैंकको एघारौं वार्षिकोत्सवको उपलक्ष्यमा उक्त सामाग्रीहरु वितरण गर्न पाएकोमा खुशी व्यक्त गरे ।

यसै क्रममा नेपाल बाल संगठनका निर्देशक बालकृष्ण डंगोल, केन्द्रिय सदस्य रामकृष्ण कँडेलले सन्राइज बैंकले हरेक वर्ष आफ्नो वार्षिकोत्सव कार्यक्रममा नेपाल बाल संगठनलाई पु¥याउदंै आएको सहयोगका लागी कृतज्ञता व्यक्त गर्दै भविष्यमा यस्ता कार्यक्रमहरुको निरन्तरताका लागी अनुरोध गरे ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि