• होमपेज
  • बजार
  • आजदेखि नाडा अटो शो शुरु

आजदेखि नाडा अटो शो शुरु

  • मङ्लबार, भदौ २६, २०७५
आजदेखि नाडा अटो शो शुरु

राजधानीको भृकुटी मण्डपमा आजदेखि १३औं ‘नाडा अटो शो’ हँुदैछ । नाडा अटोमोबाइल्स एसोसिएनको अफ नेपालको आयोजनामा ६ दिनसम्म सञ्चालन हुने अटो शोमा ५ अर्ब रुपैयाँको कारोबार हुने आयोजकको अनुमान छ ।

मेलामा विभिन्न छुटको व्यवस्था गरिएको नाडाका काबा अध्यक्ष कृष्णप्रसाद दुलालले बताए । ‘यस पटकको नाडा अटो शोमा विद्युतीय सवारी र साढे दुई करोडको जीपले बजारमा नयाँ चर्चा थपेको छ । चार÷पाँचवटा कम्पनीले विभिन्न ब्रान्डको विद्युतीय सवारी प्रदर्शनीमा राख्ने तयारी गरेको छ । ‘अघिल्ला मेलाभन्दा यसपटकको मेला आकर्षक र ठूलो हुनेछ,’ उनले भने–‘यस मेलामा सबैभन्दा बढी आकर्षण विद्युतीय सवारी हुनेछन् ।’

अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गर्ने उक्त मेलामा विभिन्न ७१ संस्थाको उपस्थितिमा विभिन्न ब्रान्डका गाडीका साथै पार्टपूर्जा र लुब्रिकेन्टसहित १ सय ३५ स्टल रहने छ । मेला ६५ हजारभन्दा बढी अवलोकनकर्ताको सहभागिता रहने अनुमान गरिएको छ ।

मेलामा दुई पाङ्ग्रे, तीन पाङ्गे्र र चार पाङ्ग्रे सवारी साधन, मोबिल र टायर लगायत पार्टपूर्जासहित सबैको बृहत् प्रदर्शनी हुनेछ । अटो मेला गाडीको बजार प्रवद्र्धन मात्र नभई अध्ययन, अनुसन्धान र जनचेतनाका कार्यक्रम रहेको दुलालले बताए ।

हरेक वर्ष विश्व बजारमा नयाँ–नयाँ गाडीको उत्पादक हुन्छ । उपभोक्ताले सबै कम्पनीका नयाँ मोडेलका गाडी शोरुमा गएर हेर्न पनि सम्भव हँुदैन । त्यसैले नाडा अटो शोमा उनीहरुले नयाँ गाडीहरु लञ्च गर्छन् ।

आयोजकका अनुसार २० वटा कम्पनीका गाडी एउटै थलोमा हेर्न पाइनुका साथै गाडीहरूको विशेषताका बारेमा समेत जाानकारी दिन कम्पनीबाट प्राविधिक टोली खटाइने छ । अटोमोबाइल्ससम्बन्ीध अध्ययनका लागि विद्यार्थीहरु अटो शोमा आएर गाडीका बारेमा जानकारी लिने गरेका छन् ।

उत्पादनकर्ता, बिक्रेता र उपभोक्ता तीनै पक्षको संगमको रुपमा नाडा अटो शोलाई लिन सकिन्छ । शो रुपमा भन्दा अटो शोमा बढी छुट पाइन्छ । सबै कम्पनीले शोलाई लक्षित गरी केही छुटको व्यवस्था गरेका हुन्छन् । मेलामा समस्या, चुनौति, अवसरका बारेमा बृहत् बहस हुने गरेको छ । अनुसन्धानकर्ता, नीति निर्माताहरुको लागि पनि यो मेला उपयोगी हुने दुलालले बताए ।

 गाडीको अफरै अफर
१३औं नाडा संस्करणमा गाडी खरिदकर्ताले नयाँ गाडी लञ्च गर्नुका साथै एक÷एक नयाँ र आकर्षक अफर ल्याएका छन् । चाडपर्व पनि नजिकिएकाले नाडा अटो शोबाटै सवारी साधन विक्रेताले खरिदकर्ताको लागि विभिन्न अफर तथा उपहार सार्वजनिक गरेर छन् । अफरले चाडपर्वको पूर्वसन्ध्यामा हरेक वर्ष हुने यो मेलादेखि दशैं, तिहार र छटपर्वसम्म निरन्तरता पाउने छ । मेलामा सहभागी सबै सदस्यले आफ्ना ग्राहकका लागि नयाँ योजना र अफर ल्याएका छन् ।

जापानी मोटर कम्पनी सुजुकीको नेपालका लागि आधिकारिक विक्रेता सिजी मोटो कर्पले नाडा अटो शोमा नयाँ गाडी सार्वजनिक गर्दै सम्पूर्ण गाडीमा अफर उपलब्ध गराउने भएको छ । नाडा अटो शोकोे लागि यस योजनाअन्तर्गत कम्पनीले थप आकर्षक छुट पनि उपलब्ध गराउने छ ।

सो छुट सुजुकीको नाडा अटो स्टल नम्बरर जे १७ को साथै नेपालभरिका सम्पूर्ण सुजुकी शोरुममा समेत उपलब्ध हुनेछ । यसपालिको ‘पर्वोत्सव’ अफर अन्तर्गत उपभोक्ताले दु्ई लाख रुपैयाँसम्म नगद छुट, एक लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस तथा स्क्रयाच कुपनमार्फत एक लाख रुपौयाँसम्म अतिरिक्त छुट पाउनेछन् । यो अफर योजना चाडपर्वलाई लक्षित गरी ल्याइएको हो ।

नेपालमा डाट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले चाडवाडलाई लक्षित गर्दै ‘फेस्टिव हटडिल’ योजना सार्वजनिक गरेको छ । चाडपर्व र नाडा अटो शोलाई लक्षित गरी उक्त योजना ल्याइएको हो । यस योजनाअन्तर्गत ग्राहकले डाट्सन गाडीको खरिदमा विशेष छुट लगायत अन्य थुप्रै सुविधा प्राप्त गर्न सक्नेछन् ।

ग्राहकले एक लाख ६ हजारसम्मको निःशुल्क एक्सोसरिज, दुई लाखसम्मको नगद छुट समेत गरी कूल तीन लाख ६६ हजार आठ सयसम्मको लाभ लिन सक्ने कम्पनीले जानकारी गराएको छ । यसका साथै नाडा अटो शोको अवसरमा बुकिङ गर्ने ग्राहकले २७ हजार बराबरको स्मार्ट फोन पनि प्राप्त गर्नेछन् । साथै गाडीको खरिदमाग्राहकले निःशुल्क एक्सोसरिज पाउनुको साथै एक वर्षको निःशुल्क इन्स्योरेन्स, तीन वर्षसम्मको वारेन्टी, ती वर्षसम्म निःशुल्क सर्भिसिङ र एक वर्षको लागि सडक करको सुबिधा समेत छुटको व्यवस्था गरेको छ ।

त्यस्तै स्याङयोङले भारि छुटका साथ स्याङयोङ अन्बिटेबल अफर ल्याएको छ । कम्पनीले छुट अफर सहित स्याङयोङका गाडी स्टल नम्बर ए ६ मा उपलब्ध हुने जनाएको छ । स्याङयोङगाडीको नेपालका लागि आधिकारिक वितरक तथा आइएमएस ग्रुप अन्तर्गतको आईएमएस मोटर्सले रेक्सटन, कोरान्डो, टिभोली, एक्स एलभी र एकट्योन स्पोर्ट गरि जम्मा पाँच प्रकारका कोरियन लक्जरी एस युभी मोडलका गाडी प्रदर्शन गर्दैछ ।

स्याङयोङ अन्बिटेबल अफर अन्तर्गत स्याङयोङका ग्राहकलाई नाडा अटो सोका लागिमात्र भनि पूर्व बजेट मूल्य तोकिएको छ । पूर्ब बजेट मूल्यमा पाँच लाखसम्मको छुट, प्रत्येक स्याङयोङ गाडीको खरिदमा सामसङ ग्याल्याक्सी नोट ९ क्राउन, एक्सचेन्जको सुविधालगायत सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार