• होमपेज
  • बीमा
  • २२ अर्ब नाफा शंकास्पद ?

२२ अर्ब नाफा शंकास्पद ?

  • बुधबार, भदौ २०, २०७५
२२ अर्ब नाफा शंकास्पद ?

बीमा कम्पनी स्थापना भई सञ्चालन भएको एक महिना भित्रै करोडभन्दा माथि नाफा कमाएको समाचार सार्वजनिक भए । हेर्दा अचम्म लाग्ने, देख्दा छक्क पर्ने प्रगति विवरण बाहिर आएपछि यी नाफा सक्कली कि नक्कली हुन् भने चर्चा फेरि सुरु भएको छ ।

निर्जीवन बीमा कम्पनीहरूले मात्रै असार मसान्तमा २२ अर्ब ३५ करोड नाफा कमाएका समाचार बाहिर आएका छ । ती कम्पनीहरूले सार्वजनिक गरेका विभिन्न विवरणमा अग्नि बीमाबाट ४ अर्ब २९ करोड ३२ लाख ५१ हजार, मोटर बीमाबाट ८ अर्ब ९७ करोड ८४ लाख २४ हजार, सामुद्रिक बीमाबाट ३ अर्ब १४ करोड १४ लाख ६८ हजार, हवाई बीमाबाट ९ करोड ८२ लाख ४४ हजार, इन्जिनिरयरिङ बीमाबाट २ अर्ब २९ करोड ८५ लाख ९० हजार, कृषि बाली बीमाबाट ५ कारोड ४२ लाख ७६ हजार र अन्य विविध बीमाबाट २ अर्ब १९ करोड ५५ लाख ६३ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको देखिन्छ ।

त्यस्तै, असार मसान्तसम्ममा भुक्तानीको लागि ८२ हजार सात सय ८६ वटा दाबी परेकोमा ६६ हजार नौ सय २६ वटा दाबीको भुक्तानी भइसकेको छ ।

असार मसान्तसम्मको विवरण अनुसार कुल १५ हजार ८ सय ६० वटा दाबीको भुक्तानी गर्न बाँकी रहेको बीमा समितिको अभिलेखमा देखिन्छ । यसरी रातारात नाफा कमाउने बीमा कम्पनीहरूको नाफामै शंका देखिन्छ ।

प्रतिस्पर्धाको होडबाजी गर्दै नाफा देखाउँदै बजारमा अगाडि आएका यी बीमा कम्पनीको नाफा सक्कली कि नक्कली हो छानबिन हुनु जरुरी छ कि छैन यो खोजीको विषय बनेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा