• होमपेज
  • पर्यटन
  • पर्यटकीय गन्तव्य बन्दै दुरलेक

पर्यटकीय गन्तव्य बन्दै दुरलेक

  • बुधबार, भदौ २०, २०७५
पर्यटकीय गन्तव्य बन्दै दुरलेक

मालिका गाउँपालिका–२ रुमको शीरमा रहेको दुरलेक डाँडा पर्यटकीय गन्तव्य बन्दै गएको छ । मनोरम हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिने हुँदा त्यहाँ पुग्ने जो कसैको मन लोभिन्छ । समुद्री सतहदेखि तीन हजार छ मिटरभन्दा बढी उचाइमा रहेको दुरलेक डाँडो अथाह पर्यटकीय सम्भावना बोकेर पनि ओझेलमा परेको छ ।

दुरलेकले बागलुङको ताराखोला, रनसिङकिटेनी, पाण्डपखानी, बुङ्गादोभान र तमानको सीमा क्षेत्रलाई समेटेको छ । अग्लो डाँडो दुरलेकबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ«े, चुरेनलगायतका हिमशृङ्खलासँगै म्याग्दी र बागलुङका विभिन्न गाउँबस्तीको अवलोकन गर्न सकिन्छ । यहाँ आन्तरिक पर्यटक बाक्लै रुपमा आउन थालेको रुमका वडाध्यक्ष नरबहादुर पुन बताउनुहुन्छ ।

“प्रचारप्रसारको अभावमा दुरलेक ओझेलमा परेको छ, पर्यटकीय दृष्टिकोणले यो सम्भावनायुक्त ठाउँ हो,” उहाँले भन्नुभयो । हिउँदमा सडकमार्ग भएर रुम हुँदै घ्याङ्लेपानी तथा त्यहाँबाट झण्डै चारदेखि पाँच घण्टाको पैदल यात्रापछि दुरलेक पुग्न सकिन्छ । त्यहाँ फागुनदेखि जेठसम्म बढी मात्रामा आन्तरिक पर्यटक जाने गरेका छन् ।

दुरलेक नजिकैसम्म सडक बनाउनु आवश्यक छ । त्यहाँ व्यवस्थित पदमार्ग निर्माण गर्नुपर्छ । पर्यटकको अवलोकनका लागि भ्यूटावर निर्माण गर्ने योजना रहेको वडाध्यक्ष पुनले बताउनुभयो ।

दुरलेक डाँडो लालीगुराँसका कारण समेत प्रख्यात छ । स्थानीयवासी ताराबहादुर रोका पर्यटन पूर्वाधार निर्माण तथा प्रचारप्रसार गर्न सकेमा दुरलेकमा आन्तरिकसँगै बाह्य पर्यटक आकर्षित गर्न सकिने बताउनुहुन्छ । सो क्षेत्रमा स्थानीयवासीले गोठ राख्ने गरेका छन् ।

अधिभारादेखि रुमसम्म खनिएको सडकलाई बागलुङको तमान तथा रुम–खवाङ हुँदै ताराखोला जोड्न आवश्यक छ । बागलुङको ताराखोला, रनसिङकिटेनी र म्याग्दीको रुमका बासिन्दाले त्यहाँ गोरेटो बाटो निर्माण गरेका छन् । सो बाटोलाई अझ स्तरीय बनाउने योजना रहेको वडाध्यक्ष पुन बताउनुहुन्छ ।

सूर्योदय र सूर्यास्तको मनमोहक दृश्यावलोकन गर्न त्यहाँ आन्तरिक पर्यटक जाने गरेका छन् । दुरलेकमा पाँचऔले, सतुवालगायतका बहुमूल्य जडीबुटीसमेत पाइन्छ । त्यहाँ वनभोजका लागि जाने चलन छ । हिउँ पर्ने क्षेत्र भएकाले पर्यटकका लागि आश्रमस्थल, क्याम्पिङ साइट निर्माण तथा खानेपानी उपलब्ध गराउन आवश्यक छ ।

दुरलेकमा जाने पर्यटकलाई लक्ष्य गरी रुम र घ्याङ्लेपानीमा होमस्टे (घरबास)समेत सञ्चालन गर्न सकिन्छ । दुरलेकमा पूर्वाधार निर्माण गर्न पहल थालेको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि