• होमपेज
  • अर्थ/वाणिज्य
  • जनता बैंक र एनबीआईबीच सम्झौता

जनता बैंक र एनबीआईबीच सम्झौता

  • शुक्रबार, भदौ १५, २०७५
जनता बैंक र एनबीआईबीच सम्झौता

जनता बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लि. बीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौता भएको छ । सो सम्झौताअनुसार एन.बी.आईले जनता बैंक का कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।

सम्झौता अनुसार जनता बैंक ले आफ्नो कर्मचारीहरुका लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबाट न्युनतम रु ५० लाख बराबर रकमको वार्षिक तालिम संचालन गराउने छ ।

उक्त सम्झौतापत्रमा जनता बैंक नेपाल लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत परशुराम कुवंर क्षेत्री र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाबीच हस्ताक्षर भएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार