• होमपेज
  • पर्यटन
  • ललितपुरलाई साँस्कृतिक कला नगरी घोषणा गरिने

ललितपुरलाई साँस्कृतिक कला नगरी घोषणा गरिने

  • शुक्रबार, भदौ १५, २०७५
ललितपुरलाई साँस्कृतिक कला नगरी घोषणा गरिने

चक्रित सुवेदी । विश्व कला परिषद् एसिया प्रशान्त क्षेत्रको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ । नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनको उद्घाटन प्रदेश. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले गरेका छन् । सम्मेलनमा मुख्यमन्त्री पौडेलले नेपालमा निर्यातको सबैभन्दा बढी सम्भावना हस्ताकलाको रहेकोले निर्यात अझ बढाउनुपर्ने बताए ।

हस्तकलाको विकास र प्रवद्र्धनमा सरकारको ठुलो लगानीको जरुरी रहेको नेपाली व्यवसायीहरुको भनाइ छ । सम्मेलनमा विभिन्न देशका कला प्रदर्शनी तथा जीवन्त कला प्रदर्शनी गरिएको छ ।

कला बिषयक गोष्ठी सम्पन्न भएको छ । सम्मेलनमा सांस्कृतिक सम्पदाहरुको अवलोकन भ्रमण, सांस्कृतिक नगरी घोषणा गरिने भएको छ । नेपालले ललितपुर महानगरपालिकालाई सांस्कृतिक कला नगरी घोषणा गर्ने भएको छ ।

सम्मेलनमा स्वदेशी तथा विदेशी कला, सिल्प तथा प्रविधिको अदान प्रदान भएको र नेपाली हस्तकलाको प्रचारप्रसार, पर्यटकीय स्थलको प्रवद्र्धन, विभिन्न देशका कलाकारको हस्तकलाको प्रदर्शनी भएको नेपाल हस्तकला महासंघका अध्यक्ष एवं विश्व कला परिषद् एसिया प्रसान्त क्षेत्रका उपाध्यक्ष धर्मराज शाक्यले जानकारी दिए ।

सम्मेलनमा स्वदेशी तथा विदेशी गरी दुई दर्जन हस्तकलाको स्टल राखिएको छ । नेपाल, भारत, चीन, कुवेट, ओमन, काजकिस्तान, इरान, मलेसिया, श्रीलंकला, इन्डोनेसिया, थाइल्याण्ड लगायतका देशहरुले आ—आफ्नो हस्तकलाका उत्पादनहरुको स्टलमा राखेका छन् ।

हस्तकला महासंघले आयोजना गरेको सम्मेलनमा काठमाडौँे महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्य, ललितपुर महानगरपालिकाका प्रम्ख चिरिबाबु महर्जन लगायतको उपस्थिति थियो । सम्मेलनमा विभिन्न ४५ देशका एकसय भन्दा बढी प्रतिनिधिहरुको सहभागीता रहेको छ । सम्मेलन दुई दिनसम्म हुनेछ ।

Facebook Comments

सम्बन्धित समाचार