श्रम ऐनले सबै क्षेत्रका कर्मचारीको पारिश्रमिक बैक खाता मार्फत भुक्तानी गर्नुपर्ने अनिवार्य ब्ववस्था गरेको छ । यस ब्यवस्थालाई मध्ये नजर गरी श्रमिक÷कर्मचारी वर्गको अधिकतम सुविधा सुनिश्चित गर्ने उद्देश्य सहित जनता बैंक नेपाल लिमिटेडले आकर्षक व्याजदर, बीमा तथा अन्य धेरै सुविधा सहित मेरो तलव खाता संचालनमा ल्याएको छ ।
शुन्य मौज्दातमा खाता खोल्न सकिने उक्त खातामा वार्षिक व्याज दर ७ प्रतिशत, दैनिक मौज्दातमा त्रैमासिक व्याज भूक्तानी, निःशुल्क ख्ष्कब म्भदष्त ऋबचम, दुर्घटना (मृत्यु) बीमा सुविधा, ब्द्यद्यक् सुविधा, ऋजभत्रगभ, कतबतझभलत ९यल म्झबलम तथा ब्क्द्यब् सेवा लिन सकिने बैंकले बताएको छ ।
उक्त खाता संगठित क्षेत्रमा कार्यरत सबै उमेर समूहका ग्राहकहरुले नजिकको शाखा कार्यालयमा मेरो तलब खाता खोली यो योजनामा सहभागी हुन सक्नेछन् ।
साथै, श्रम ऐन २०७४ को व्यवस्था बमोजिम कर्मचारी÷श्रमिकको संचय कोष, उपदान लगायतका रकम जनता अवकाश कोषमा जम्मा गरी सम्पूर्ण सुविधा जनता बैंकको एकै छातामुनी प्राप्त गर्न सकिनेछ ।”
बैंकले हाल देशभरीबाट १२२ शाखा संजाल, ४० शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ ईकाइ, २ एक्सटेन्सन काउन्टर र ७० एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।