• होमपेज
  • अर्थ/वाणिज्य
  • मुक्तिनाथविकास बैंक लि.र ब्लु क्रस अस्पतालबीच सहकार्य

मुक्तिनाथविकास बैंक लि.र ब्लु क्रस अस्पतालबीच सहकार्य

  • आइतवार, भदौ १०, २०७५
मुक्तिनाथविकास बैंक लि.र ब्लु क्रस अस्पतालबीच सहकार्य

मुक्तिनाथ विकास बैंक लि र ब्लु क्रस अस्पताल बीच बैंकका ग्राहकहरुलाई अस्पतालको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंक लि.को तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र ब्लु क्रस अस्पतालको तर्फबाट सदस्य सचिव रजत श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकको भिसा डेबिट कार्ड वाहक ग्राहकहरूले ब्लु क्रस अस्पताल त्रिपुरेश्वरमा उपचार गराउँदा तोकिएका सेवा शुल्कमा १० प्रतिशत छुटपाउने व्यवस्था गरिएको छ ।

मुक्तिनाथ विकास बैंक लिमिटेडले देशैभरी फैलिएका आफ्ना ९५ वटा शाखा, १७ वटा ए.टि.एम. र तीन लाख पचहत्तर हजार ग्राहकवर्गलाई सेवा प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स,आस्वा, भिसा ए.टि.एम.कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार