बीमा क्षेत्रको नियामक संस्था बीमा समितिको निमित्त कार्यकारी निर्देशकमा राजु रमण पौडेल नियुक्त भएका छन् । पौडेललाई निमित्त कार्यकारी निर्देशकमा बढुवा गर्दै शुक्रबार समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले नियुक्त गरेका हुन् ।
समितिका निमित्त कार्यकारी निर्देशक रहेका श्रीमान कार्कीले असार १ गतेदेखि अवकास पाएपछि उक्त पदमा पौडेललाई नियुक्त गरिएको हो ।