• होमपेज
  • अर्थ/वाणिज्य
  • नविलको एक वर्षमा २२ नयाँ शाखा

नविलको एक वर्षमा २२ नयाँ शाखा

  • शनिबार, भदौ ९, २०७५
नविलको एक वर्षमा २२ नयाँ शाखा

 गत आर्थिक बर्षमा मात्र २२ वटा नयाँ शाखा विस्तार गरेको नविल बैंक लिमिटेडले चालु आर्थिक बर्षमा पाच वटा नयाँ शाखा विस्तार गर्ने भएको छ ।

हाल ७४ वटा शाखाका साथमा ११७ वटा एटिएम, २ एक्सटेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकहरुलाई सेवा दिँदै आएको बैंकले  आवश्यकताअ नुसार थप शाखाहरु पनि विस्तार गर्ने योजना बनाएको छ । बैंकले हालसम्म १९५० वटा पस मेसिनहरु विक्री गरिसकेको छ ।

नविल बैंकको कुल ७४ वटा शाखामध्ये काठमाडौं उपत्यकाभित्र २१ वटा शाखा रहेका छन् भने बाँकी ५३ वटा शाखा उपत्यका बाहिरका विभिन्न ठाउँमा रहेका छन् । बैंकको सबै भन्दा बढि शाखा प्रदेश नं ३ मा रहेका छन् । यहाँ नविल बैंकका कुल २६ वटा शाखा संचालनमा रहेका छन् ।

त्यस्तै प्रदेश नं ३ मा सबै भन्दा थोरै ६ वटा शाखा संचालनमा रहेका छन् । यसबाहेक, प्रदेश नं १ मा ७ वटा, प्रदेश नं २ मा ७ वटा शाखा, प्रदेश नं ४ मा ९ वटा, प्रदेश नं ५ मा १० वटा, र प्रदेश नं ७ मा ९ वटा शाखा संचालनमा रहेका छन् । ७ वटा प्रदेशमध्ये नविल बैंकको सबैभन्दा बढि कारोबार प्रदेश नं ३ बाट हुने गर्दछ ।

नविल बैंकका हालसम्म विस्तार भएका शाखाहरुले ३७ जिल्लालाई कभर गरेको छ । नविल बैंकका शाखा ४० जिल्लामा पुग्न बाँकी रहेका छन् । यी जिल्लाहरुमा पनि छिटै शाखा विस्तारका लागि काम अगाडी बढिसकेको बैंकले जनाएको छ ।

नविल बैंकको क्षेत्रीय कार्यलय ४ वटा रहेका छन् । विराटनगर, विरगन्ज, काठमाडौं र पोखरामा नविल बैंकको क्षेत्रीय कार्यलय रहेका छन् ।

प्रदेश नं १, २, ३, र ४ मा मात्र क्षेत्रीय कार्यलय रहेको यस नविल बैंकले निकट भविष्यमा नै सबै प्रदेशमा क्षेत्रीय कार्यहरु पुर्याउने योजना राखेको छ । क्षेत्रीय कार्यलयहरु पुर्याउन बाँकी प्रदेशहरुमा पनि केही कदम अगाडी बढाइसकेको बैक सम्बद्ध स्रोतले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा