• होमपेज
  • अर्थ/वाणिज्य
  • २५ जिल्लामा लुम्बिनी विकास बैंक

२५ जिल्लामा लुम्बिनी विकास बैंक

  • शुक्रबार, भदौ ८, २०७५
२५ जिल्लामा लुम्बिनी विकास बैंक

राष्ट्रिय स्तरको लुम्बिनी विकास बैंक लिमिटेडले शाखा विस्तार कार्यलाई जोड दिँदै आएको छ । सुगम भेगमा मात्र नभएर विभिन्न दुर्गम स्थानहरुमा समेत बैंकले शाखा विस्तारलाई प्रथामिकतामा राखेर अगाडी बढ्दै आईरहेको  छ ।

हाल लुम्बिनी विकास बैंकका कुल ६६ शाखा संचालनमा रहेका छन् । यसबाहेक, १२ एटिएम, डेविट कार्ड, मोबाइल बैंकिङ, आस्वा, रेमिट्यान्स, लक्कर सुविधामार्फत विभिन्न ठाउँमा छरिएर रहेका ग्राहकवर्गहरुलाई बैंकले सेवा दिँदै आईरहेको छ ।

कुन प्रदेशमा कति शाखा ?
लुम्बिनी विकास बैंकका कुल ६६ वटा शाखामध्ये उपत्यकाभित्र १९ शखा रहेका छन् । बाँकी ४७ शाखा उपत्यका बाहिरका विभिन्न स्थानहरुमा रहेका छन् । लुम्बिनी विकास बैंकका सबैभन्दा बढि शाखा प्रदेश नं ३ मा रहेका छन् । यहाँ लुम्बिनी विकास बैंकका ३२ शाखा संचालनमा रहेका छन् । त्यसैगरी, प्रदेश नं ५ मा सबैभन्दा थोरै ३ वटा शाखा संचालनमा रहेका छन् । यसबाहेक, प्रदेश नं १ मा ९ वटा, प्रदेश नं २ मा १० वटा र प्रदेश नं ४ मा १२ वटा शाखा संचालनमा रहेका छन् । लुम्बिनी विकास बैंकका प्रदेश नं ६ र प्रदेश नं ७ मा अहिलेसम्म शाखा विस्तार भएको छैन् । शाखा नपुगेको यी दुई प्रदेशमा पनि शाखा विस्तारका लागि केही कदम अगाडी बढाइसकेको बैंक सम्बद्ध स्रोतले जनाएको छ ।

शाखा पुगेका २५ जिल्ला 
लुम्बिनी विकास बैंकका हालसम्म विस्तार भएका शाखाहरुले २५ जिल्लालाई कभर गरेको छ । लुम्बिनी विकास बैंकले कभर गरेका २५ जिल्लाहरुः काठमाडौं, रुपन्देही, पर्वत, कास्की, धनुसा, तनहुँ, काभ्रेपलाञ्चोक, चितवन, ओखलढुङगा, पर्सा, नुवाकोट, सुनसरी, ललितपुर, कपिलवस्तु, सर्लाही, रसुवा, मोरङ, झापा, रौतहट, सप्तरी, भक्तपुर, बाके, सिराह, महोत्तरी र स्याङजा हुन् । बाकि, ५२ जिल्लाहरुमा छिट्टै शाखा विस्तार गर्ने बैंकको योजना रहेको छ । अरु विकास बैंक नपुगेको ७ वटा स्थानीय तहमा लुम्बिनी विकास बैंकका शाखा पुगेका छन् ।

एक वर्षमा १४ नयाँ शाखा 
लुम्बिनी विकास बैंकले गत आर्थिक वर्षमा पनि शाखा विस्तार कार्यलाई प्रथामिकताका साथ अगाडी बढाएको थियो । गत आर्थिक वर्षमा मात्रै बैंकले १४ नयाँ शाखा थप गरेको छ । चालु आर्थिक वर्षमा बैंकले विभिन्न प्रदेशको विभिन्न ठाउँहरुमा ५ देखि १० वटासम्म शाखा विस्तार गर्ने योजना बनाएको छ । विशेषगरी प्रदेश नं ६ र ७ मा शाखा खोल्ने योजना रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा