• होमपेज
  • समाचार
  • जनताले धान्न सक्ने कर लगाउनुपर्छ: प्रम

जनताले धान्न सक्ने कर लगाउनुपर्छ: प्रम

  • मङ्लबार, भदौ ५, २०७५
जनताले धान्न सक्ने कर लगाउनुपर्छ: प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहलाई कर लगाउने अधिकार भए पनि जनताले धान्न सक्ने गरी कर लगाउनुपर्नेमा जोड दिनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नेपालमा लगाइएको कर संसारमै सस्तो भएकोे बताउनुभयो ।

उहाँले राजश्व र करका विषयमा अपव्याख्या गरेर जनतालाई भ्रम फैलाउन नहुने बताउँदै जे कुरा गर्दा पनि विरोध गर्ने प्रवृत्ति त्याग्नुपर्नेमा जोड दिनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार