ओझेलमा चमेरे गुफा

  • सोमवार, भदौ ४, २०७५
ओझेलमा चमेरे गुफा

पर्यटकीय सम्भावना बोकेको चमेरे गुफा ओझेलमा परेको छ । तुलसीपुर उपमहानगरपालिका–४ मूलकोटस्थित चमेरे गुफा प्रचारप्रसारको अभावले ओझेलमा परेको हो ।

करीब दुई दशक अघि पत्ता लागेको उक्त प्राकृतिक गुफाको प्रचारप्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने देखिन्छ । गुफासम्म पुग्न भरपर्दो बाटोघाटो छैन । तुलसीपुर बजारदेखि १६ किलोमिटर उत्तरमा पर्ने सो गुफाको संरक्षण र विकास गर्न सके जिल्लाकै मुख्य पर्यटकीय गन्तव्य बन्ने स्थानीयवासी बताउँछन् ।

दैनिक ५० देखि ६० आन्तरिक पर्यटकले अवलोकन गर्ने गरेको चमेरे गुफा संरक्षण समितिका संयोजक भूपबहादुर पुनले बताउनुभयो । गुफासम्म पुग्न जिल्ला समन्वय समिति, तुलसीपुर नगरपालिका, स्थानीय सामुदायिक वन र पर्यटन विकास कार्यालय भैरहवाको सहयोगमा सामान्य बाटो र अन्य केही संरचना निर्माण गरिएको छ ।

गुफाभित्र विभिन्न देवीदेवता, शेषनाग र बाघको स्वरुप देखिन्छ । गुफाको बाहिरी र भित्री भागमा उक्त स्वरुप देख्न सकिन्छ । गुफामा तीन तह छन् । प्रत्येक तहका भित्तामा विभिन्न स्वरुप देख्न पाइन्छ । चमेराको वासस्थान भएका कारण यसको नाम चमेरी गुफा रहन गएको स्थानीयवासी बताउँछन् ।

विसं २०५२ मा उक्त गुफा पत्ता लागेको हो । गुफासम्म सिँढी निर्माण थालिएको छ । तत्कालीन तुलसीपुर नगरपालिका र जिल्ला विकास समितिले बिजुलीको व्यवस्था गरेको समितिका संयोजक पुनले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गुफाको उत्खनन आवश्यक छ ।,” तुलसीपुरदेखि १२ किलोमिटरसम्म राप्ती राजमार्गको हर्नेटीसम्म पक्की सडक छ । हर्नेटीदेखि गुफासम्म चार किमी कच्ची सडक भएका कारण आवातजावतमा कठिनाइ हुने गरेको गुफा संरक्षण समितिका सल्लाहकार रवीन्द्रसिंह ठकुरी बताउनुहुन्छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने