• होमपेज
  • बजार
  • कालीमाटी अनुगमनमा अवरोध

कालीमाटी अनुगमनमा अवरोध

  • सोमवार, भदौ ४, २०७५
कालीमाटी अनुगमनमा अवरोध

कालीमाटीका तरकारी व्यापारीले अनुगमन गर्न खटिएको टोलीको काममा अवरोध गरेका छन् ।

व्यापारीले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीको कामकाजमा आज कालीमाटी बजार अनुगमनका क्रममा अवरोध पु¥याएको हुन् । व्यापारीले विनाजानकारी अनुगमनमा आएको भन्दै काममा अवरोध गरेका थिए ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले कालीमाटी पुगी त्यहाँको अवस्थाबारे जानकारी लिनुभएको थियो । मन्त्री यादवले उपभोक्ताको अधिकार सुनिश्चित गर्न गएको अनुगमन टोलीलाई अवरोध गर्ने जोकोहीलाई पनि कारवाही गरिने बताउनुभयो ।

“व्यापारीले नियमपूर्वक व्यापार गरेको भए अनुगमन टोलीमाथि दुव्र्यवहार हुँदैनथ्यो,” उहाँले भन्नुभयो, “गतल तरिकाले व्यवसाय गरेकै कारण टोलीलाई गलत व्यवहार गरेका हुन् । त्यसको छानबिन हुन्छ ।” मन्त्री यादवसँगै उद्योग सचिव चन्द्रकुमार घिमिरे पनि बजार अनुगमन गर्न जानुभएको थियो ।

अनुगमन टोलीले यसअघि धादिङ, चितवन, मकवानपुरलगायत जिल्लामा पुगी किसानले पाउने मूल्य र उपभोक्ताले तिर्ने मूल्यबारे जानकारी लिएको थियो । अनुगमनका क्रममा टोलीले आज बिहान कालीमाटीबाट तरकारी ढुवानी गरेको दुई गाडी नियन्त्रणमा लिएको थियो ।

जानकारी लिने क्रममा अनुगमन टोलीमाथि दुव्र्यवहार भएको उद्योगमन्त्रीका स्वकीय सचिव रविकिरण यादवले जानकारी दिनुभयो । सोक्रममा कालीमाटी फलफूल तथा तरकारी व्यवसायी सङ्घका अध्यक्ष भरत खतिवडालाई पक्राउ गरिएको उहाँले बताउनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)