• होमपेज
  • समाचार
  • ‘डिसहोमले सोझा सझा जनता झुक्याउँदै

‘डिसहोमले सोझा सझा जनता झुक्याउँदै

  • आइतवार, भदौ ३, २०७५
‘डिसहोमले सोझा सझा जनता झुक्याउँदै

एक मात्र स्याटलाइट प्रविधिमा आधारित डिटिएच सेवा प्रदायक, डिसहोमले उपभोक्ताहरु माझ “Dish Home Free Offer” नामक योजना ल्याएको छ ।

कम्पनीका अनुसार यस योजना अन्तर्गत ग्राहकहरुले डिसहोम रिचार्ज गर्दा जडान उपकरण सित्तैमा प्राप्त गर्न सक्ने छन् । यद्यपी पनि कती रकम रिचार्ज गर्दा डिस होम पाइने त्यो भने उल्लेख नगरि ‘डिस होम अब फ्रिमा’ भन्दै सर्बसाधरण झुक्याउने किसिमको योजना ल्याएको छ ।

यो योजना २०७५ भाद्र १ गते सुरु भई सिमित अवधिको लागी लागु हुने जनाइएको छ । नेपालमा सरकारले लागु गरेको अनिवार्य डिजिटलाइजेशनको नीति नेपालभर लागु भइसकेको अवस्थामा ग्राहकहरुलाई सजिलै गुणस्तरिय डिसहोमको सेवा प्रदान गर्नका लागी भन्दै आम सर्वसाधारणलाई समेत यो सेवामा आकर्षित गर्न यो योजना लागु गरिएको पे्रश विज्ञप्तिमा उल्लेख छ ।

डिसहोमको जडान उपकरणहरु फ्रि मा पाउने भएपछि यो डिजिटल सेवा लिने ग्राहकहरु गुणात्मक रुपमा वृद्धि हुने बताइएको छ ।

डिस होम जोडेर रिचार्ज समय अगाबै टेलिभिजन अबरुद्ध हुने, पानी पर्दा कुनै सिग्नल नै नआउने जस्ता समस्याबाट पीडित आम उपभोक्ता माझ डिस होमले यसरी नै बेला–बेला कुनै बहाना बनाउँदै सर्बसाधरणलाई झुक्याउने अफर ल्याउने गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने