• होमपेज
  • अर्थ/वाणिज्य
  • एनएमबिको साधारण सभा सम्पन्न

एनएमबिको साधारण सभा सम्पन्न

  • बिहिबार, साउन ३१, २०७५
एनएमबिको साधारण सभा सम्पन्न

एनएमबि बैंक लिमिटेडले आफ्नो २२ औँ वार्षिक साधारण सभा आज मिति २०७५ श्रावण ३१ गते, बिहिबार नेपाल प्रशासनिक प्रतिष्ठान (स्टाफ कलेज) जावलाखेल ललितपुरमा संचालक समितिका अध्यक्ष श्री पवनकुमार गोल्याणको अध्यक्षतामा सम्पन्न गरेको छ ।

साधारण सभाले एनएमबि बैंकको आर्थिक वर्ष २०७३÷७४ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनश शेयर र ०.७८९५ प्रतिशत नगद लाभांश (कर प्रायोजनका लागि) वितरण गर्ने पारित गरेको छ ।

बैंकको उपरोक्त वोनश शेयर पश्चात चुक्ता पूँजी रु. ८. अरब ७४ करोड पुग्नेछ । हाल बैंकले ११० वटा शाखा, ४ एक्स्टेन्सन काउन्टर तथा ९६ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार