• होमपेज
  • बीमा
  • एन आई सी एशियाले रिलायन्स लाईफसँग बैंकास्योरेन्स सम्झौता

एन आई सी एशियाले रिलायन्स लाईफसँग बैंकास्योरेन्स सम्झौता

  • बिहिबार, साउन ३१, २०७५
एन आई सी एशियाले रिलायन्स लाईफसँग बैंकास्योरेन्स सम्झौता

एन आई सी एशिया बैंक लिमिटेडले रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ ।

यस सम्झौता अनुसार अब यस बैंकका ग्राहक महानुभावहरुले मुलुकभर फैलिएका बैंकको २३७ वटै शाखाहरुबाट सहज रुपमा रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु.प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले हस्ताक्षर गरेका हुन् ।

मुलुकभर २३७ शाखा कार्यालयहरु, २३० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १७ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने बैंकको रुपमा रहेको छ ।

बैंकको वासलातको आकार रू. १८१ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १५३ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू. १२४ अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको बैंकको दावी छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १२ लाख १९ हजार रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार